२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक


किरन कार्की
म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ ।

Advertisement

https://youtu.be/eTueHAMCCFs
बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।


गीतमा गायक कुँवर संगै गायीका पवित्रा थापाको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियार र रिया मगरले अभिनय गरेका छन् ।
‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीतको म्युजिक भिडियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा लोक दोहोरी गायक ध्रुब जिसीले निर्देशन गर्नुभएको छ ।


गीतको भिडियो चिप्लेटी, पुलाचौर, बेनी, गलेश्वर लगायतका स्थानमा छायांकन गरिएको छ । किरण कार्की र दिप्सन खड्काले छायाँकन गर्नुभएको हो । गीतको शव्द तथा भिडियोमा समेत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटिएको छ ।
मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुरुप पञ्चेबाजाको गीत तयार गरिएको गायक कुँवरले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP