विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला संरक्षणका लागि नागरिक स्तरबाट अभियान सञ्चालन भएको छ । जिल्लाको बेनी नगरपालिका–९ प्रमुख धार्मिक स्थल गलेश्वरका स्थानीय र बेनी बजारका स्थानीयले संयुक्त रुपमा शालिग्राम संरक्षण अभियानमा जुटेका हुन् ।
शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दवाव दिन कालीगण्डकीको शिलाहरूमा हिन्दु धर्मावलम्बीहरूको नाम लेख्ने अभियान चलाएको हो ।

कालिगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्ने अभियानको उद्देश्य रहेको अभियानको बेनी नगर समितिका संयोजक नेत्रबहादुर महतले बताउनुभयो ।
कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका सोमबार बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानका शिलामा भगवानका विभिन्न नाम अंकित गरिएको महतले उहाँले बताउनुभयो ।

अभियन्ता, साधु, सन्त र पर्यावरण प्रेमीहरू, गलेश्वरका आमा समुह तथा सशत्र प्रहरी, आमा समुह लगाएको टोलीले गलेश्वर परिवारका कालीगण्डकी किनारमा ऊँ नमः शिवाय, जय शिवालय, हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायण लगायत देवी देउताका नाम शिलामा कोरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले बताउनुभयो ।
‘कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवानका रूपमा पुज्ने गर्छन्,’ संयोजक महतले भन्नुभयो ‘अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने र अर्कातिर दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम बढेपछि कालीगण्डकी जोगाउने अभियान थालेका हौ।’

‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले गत जेठ ६ गतेदेखि म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधाम सम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवानका नाम शिलाङ्कित गरेका छन्। गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवान्का नाम अङ्कित गरिएको छ ।
नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृति दोहन आदि कारणले मानव र प्राणी जगत जोखिममा परेको छ । अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ ।

अभियन्ताहरूले गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न माग राख्दै आएका छन्। कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन् ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



