२०८३ असार १
June 15, 2026, Monday

प्रथम म्याग्दी कप फुटबलको उपाधी मनसुन युथ क्लबलाई

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार साँझ सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी कालिपुल यूनाइटेडलाई ०–१ गोलले हराउँदै मनसुन युथ क्लबले उपाधी जितेको हो ।

Advertisement

प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, बेनपा वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, बेनपा–७ का सदस्य सोहन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले वितरण गरेका थिए । सोही अवसरमा फेयर प्ले अवार्ड नगद ७ हजार, ट्रफी सहित मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय भुपु विद्यार्थीको टिमले प्राप्त गरेको छ ।

Advertisement

प्रतियोगितामा राइजिङ खेलाडी कालिपुल यूनाइटेडका समन पुन, ८ गोल गदैं सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकर कालिपुल यूनाइटेडकाका पुरन छन्त्याल,उत्कृष्ट गोलरक्षक मनसुनका सिजन किसान,उत्कृष्ट प्रशिक्षक कालिपुल यूनाइटेडका अनिष गौचन, उत्कृष्ट मिडफिल्डर मनसुनका सम्रराट लिम्बु, उत्कृष्ट डिफेन्स मनसुनका आशिष केसी र उत्कृष्ट खेलाडी कालिपुल युनाइटेडका रोशन छन्त्याललाई पुरस्कृत गरिएको थियो ।

म्याग्दी जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिताको सहभागिता रहेको थियो । प्रतियोगितामा आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई संघका अध्यक्ष कुमार बानियाँले धन्यवाद दिदैं आगामी बर्ष थप ब्यवस्थित गरी सञ्चालन गरिनेबताए ।

यसैबीच प्रतियोगितामा कालिपुल यूनाइटेड र वान्टेड फेमेलीबिचको सेमिफाइनल खेलमा वान्टेड फेमेलीका खेलाडी सनम विकले रेफ्री आशिष भुजेलमाथि हातपात गरेपछि जिल्ला फुटबल संघको सिफारिसमा जिल्ला खेलकुद विकास समितिले एकबर्षको लागि म्याग्दी जिल्लामा हुने कुनैपनि खेलकुदमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको अध्यक्ष बानियाँले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई प्रशिक्षण सहित विभिन्न खेलमा अवसरका लागि वातावरण बनाइने छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP