Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

गोल्डस्टारको बेनीमा नयाँ सोरुम संचालन

म्याग्दी लोकप्रिय ब्राण्ड बनेको गोल्डस्टरको आधिकारिक सोरुम बेनीमा संचालनमा आएको छ । म्याग्दीका उपभोक्ताहरको माग अनुसार बेनी नगरपालिका–८ शिक्षामार्गमा उक्त सोरुम संचालन ल्याएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस्टार ब्राण्डको आधिाकारीक विक्रेता रहेको छ ।

Advertisement

नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले साविक धौलागिरी अञ्चलमा नै पहिलो सोरुम म्याग्दीमा स्थापना गरिएको गोल्डस्टारका रिजनरल सेल्स म्यानेजर अचुुत कार्कीले बताउनुभयो । सोरुमको उद्घाटन गर्दै कार्कीले सन् १९७० मा स्थापित गोल्डस्टारले अहिले ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको बताउनुभयो ।

Advertisement

३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने कार्कीले जानकारी दिनुभयो । वुधबार बिहान सोरुमको उद्घाटन गर्दै कार्कीले भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको बताउनुभयो ।

तिन दिन सम्म उक्त सोरुममा पुगेर जुत्ता चप्पल किन्ने ग्राहकले १०देखि १५ प्रतिशत सम्म छुट पाउने सोरुम संचालनक खत्रीले जानकारी दिनुभयो । गोल्डस्टारको सबै उत्पादन सस्तो, राम्रो र टिकाउ समेत भएको अस्मीता भण्डारी खत्रीले बताउनुभयो । उहाँका अनुसार एनके कलेक्सनले दशै तिहारको अवसरमा विभिन्न किसीमका प्याकेज सार्वजनिक गरिने छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!