२०८२ मंसिर २०
December 5, 2025, Friday

गोल्डस्टारको बेनीमा नयाँ सोरुम संचालन

म्याग्दी लोकप्रिय ब्राण्ड बनेको गोल्डस्टरको आधिकारिक सोरुम बेनीमा संचालनमा आएको छ । म्याग्दीका उपभोक्ताहरको माग अनुसार बेनी नगरपालिका–८ शिक्षामार्गमा उक्त सोरुम संचालन ल्याएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस्टार ब्राण्डको आधिाकारीक विक्रेता रहेको छ ।

Advertisement

नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले साविक धौलागिरी अञ्चलमा नै पहिलो सोरुम म्याग्दीमा स्थापना गरिएको गोल्डस्टारका रिजनरल सेल्स म्यानेजर अचुुत कार्कीले बताउनुभयो । सोरुमको उद्घाटन गर्दै कार्कीले सन् १९७० मा स्थापित गोल्डस्टारले अहिले ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको बताउनुभयो ।

Advertisement

३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने कार्कीले जानकारी दिनुभयो । वुधबार बिहान सोरुमको उद्घाटन गर्दै कार्कीले भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको बताउनुभयो ।

तिन दिन सम्म उक्त सोरुममा पुगेर जुत्ता चप्पल किन्ने ग्राहकले १०देखि १५ प्रतिशत सम्म छुट पाउने सोरुम संचालनक खत्रीले जानकारी दिनुभयो । गोल्डस्टारको सबै उत्पादन सस्तो, राम्रो र टिकाउ समेत भएको अस्मीता भण्डारी खत्रीले बताउनुभयो । उहाँका अनुसार एनके कलेक्सनले दशै तिहारको अवसरमा विभिन्न किसीमका प्याकेज सार्वजनिक गरिने छ ।

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८१ आश्विन ९, बुधबार १३:३२

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८१ आश्विन ९, बुधबार १३:३२

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८१ आश्विन ९, बुधबार १३:३२

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP