संयोग नै मान्नुपर्छ अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ । कोर्टमा टिमलाई नेतृत्व गर्नेदेखि मात्र नभएर सेटरको भूमिकामा टिमलाई चलायमान बनाउने काम समेत उनै अरुणाको काँधमा छ ।
नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक र काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक अरुणाकै नेतृत्वमा जित्यो ।
त्यतिमात्रै होइन, २९ वर्षीय अरुणाकै कप्तानीमा नेपालले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । जुन नेपाली महिला भलिबल टोलीको एसियाडमा डेब्यु समेत थियो ।
यस्तै गत साउनमा घरेलु भूमिमा भएको काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई हराउँदा अरुणा नै कप्तान थिइन् ।
संयोग नै मान्नुपर्छ अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ । कोर्टमा टिमलाई नेतृत्व गर्नेदेखि मात्र नभएर सेटरको भूमिकामा टिमलाई चलायमान बनाउने काम समेत उनै अरुणाको काँधमा छ ।
एक हिसावले भन्ने हो भने नेपाली महिला भलिबलको स्वर्णिम कालमा रहेको अहिलेको टोलीको नेतृत्व गर्ने उनै अरुणा हुन् । उनलाई अन्य टिम मेटको साथ पनि गज्जबको रह्यो र उनको कप्तानी समयमा नेपालले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेल्न पाएको छ ।
राष्ट्रिय टिमको कप्तान भएर पनि अरुणा कुनै विभागमा आबद्ध छैनन् । उनलाई विभfगबाट प्रस्ताव नआएको पनि होइन तर उनी गइनन् ।
कुनै समयमा मन्जु गुरुङ परिक्षा गुरुङ सिपोरा गुरुङ जस्ता चर्चित खेलाडीसहितको पोखराको ज्ञानुबाट अरुणाले सँगै खेलिन् । पछिल्लो समयमा भने गण्डकी क्षेत्रको टिम उस्तै रहेन । गण्डकी कुनै प्रतियोगितामा सहभागिता जनाउँदा अरुणा आफ्नै क्षेत्रबाट खेल्छिन् । नभएर उनी कुनै क्लबको टिमबाट खेल्छिन् ।
पछिल्लो पटक एनभीए लिगमा अरुणाले बुटवलको एभरेष्ट भलिबल क्लबबाट खेलेकी थिइन् । त्यसअघि उनले केही समय घरेलु भलिबलको चर्चित क्लब न्यु डायमण्डबाट समेत खेलिन् । तर विभागीय टोलीमा भने उनी गइनन् ।
विभाग बाहिर बसेर संघर्ष गर्दै उनले आफ्नो प्रदर्शन देखाइरहेकी छन् ।
पहिलो पटक च्याम्पियन
सन् २०१९ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अरुणा पहिलो पटक नेपालको कप्तान बनेकी थिइन् । त्यसमा नेपालले अपराजित हरादै उपाधि जित्यो ।
त्यतिबेला तात्कालिन कप्तानसहित राष्ट्रिय टिमका आधा दर्जन खेलाडीहरु टिमबाट बाहिरिँदा टिममा नयाँ खेलाडीहरुको बगमन भएको थियो र सिनियरका आधारमा अरुणाले कप्तानको जिम्मेवार पाइन् ।
आफू कप्तान बनेपछिको पहिलो सहभागितामै उनले नेपाललाई सेन्ट्रल जोनको उपाधि दिलाइन् । एभीसी सेन्ट्रल जोनमा दुई पटक र काभा उपाधि जित्दा अरुणाले नै कप्तानी गरिन् । यस हिसावमा उनी नेपाल भलिबलको सबैभन्दा सफल कप्तान बनेकी छन् ।
अरुणाकै कप्तानीमा नेपालको महिला राष्ट्रिय टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दा दुईमा उपविजेता बन्यो भने अर्कोमा तेस्रो भयो । अरुणाको कप्तानीमा नेपालले यसअघि २०१९ र २०२२ मा गरी दुई पटक एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।
सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अरुणाकै कप्तानीमा ऐतिहासिक रजत पदक जितेको थियो । त्यसबेला नेपाल भारतसँग फाइनलमा प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित हुँदा स्वर्ण जित्नबाट चुकेको थियो । तर नेपालले सागमा रजत जितेको पनि त्यो पहिलो पटक नै थियो ।
यस्तै गत वर्ष नेपालमै भएको काभा वुमन्स च्यालेन्ज कपमा नेपालले तेस्रो हुँदै कांस्य पदक जित्दा अरुणा नै कप्तान थिइन् । अरुणाको कप्तानीमा नेपालले खेलेको पाँचवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले शीर्ष तीनमा आएको छ ।
डेढ दशक देखि भलिबल खेल्दै आएकी अरुणाले नेपालका लागि खेल्न थालेको पनि एक दशकभन्दा बढी भइसकेको छ ।
स्पाइकरदेखि सेटरसम्म
सुरुमा अरुणा स्पाइकर थिइन् । उनी अलराउण्ड पोजिसनबाट खेल्थिन् । तर सेटर कप्तान विनिता बुढाथोकी टिममा नपरेपछि सेटरको अभाव भयो । अनी अरुणाले नेतृत्व सँगै कोर्टमा नेतृत्व गर्ने पोजिसन सेटरको पनि जिम्मेवारी सम्हालिन् । एकै पटक दुई नयाँ भूमिकामा उत्रँदा सुरुमा उनलाई केही कठिन नभएको होइन ।
तर अरुणाले नेपाली टिमको नेतृत्वमा र टिमसँगको तालमेलमा राम्रो भूमिका निभाइन् ।
अरुणाले सन् २०१३ मा काठमाडौंमै भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।
त्यसयता उनी लगातार नेपाली टिममा छिन् । उनले नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतियोगिता १९औं एसियाड, काभाको चार प्रतियोगिता, १२औं र १४औं साग खेलेकी छन् । नेपालले एसियाड बाहेक अरु प्रतियोगितामा कम्तीमा शीर्ष तीन स्थान हासिल गरेको छ ।
म्याग्दीको रघुंगंगा गाउँपालिका-३ पिप्लेकी अरुणाले सुरुमा जिल्ला स्तरमा खेल्दै तत्कालिन पश्चिमाञ्चल टिमबाट खेलेकी थिइन् । पश्चिमाञ्चलको टिम हराउदै गएपछि उनले पछिल्लो समय गण्डकी प्रदेशको टिमको कप्तानी समेत गरेर केही प्रतियोगिता खेलिन् ।
यस्तै यसबीचमा अरुणाले काठमाडौँको चर्चित न्यु डायमण्ड एकेडेमीबाट पनि खेलिन् । पछिल्लो समय भने गण्डकीकोटिटिम नहुँदा उनले बुटवलको एभरेष्ट भलिबल क्लबबा६ एनभीए च्याम्पियनसिप र एनभीए लिग खेलेकी थिइन् ।
अरुणाले नेपालको लागि उपाधि मात्र जितेकी छैनन् । सफल नेतृत्व र उपाधि जितेवापत विभिन्न अवार्ड र सम्मानहरु पनि पाएकी छन् ।
उनले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पनि जितेकी छन् । यस्तै अन्य विभिन्न अवार्ड र व्यक्तिगत उपलब्धीहरु पनि हासिल गरेकी छन् ।
उनै अरुणाको कप्तानीमा पहिलो एभरेष्टको एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभीएल) २०२४ मा चितवन शक्ति मैदानमा उत्रिएको छ । नेपाली महिला भलिबलकै इतिहासमा पहिलो पटक भइरहेको फ्रेन्चाइज लिगमा नेपाली सहित विभिन्न देशका विदेशी खेलाडी समेत छन् । जसबाट नेपाली खेलाडीले धेरै सिक्ने अवसर पाउने अरुणाको विश्वास छ ।
अरुणाले खेलेको प्रतियोगिता
२०१४ प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल : रजत पदक
२०१६ १२औं साग : कांस्य पदक
२०१९ एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन
२०१९ १३औं साग : रजत पदक
२०२२ एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन
२०२३ काभा वुमन्स च्यालेन्जस लिग : कांस्य पदक
२०२४ काभा वुमन्स नेसन्स लिग : रजत पदक
onlinekhabar
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...