२०८३ असार २७
July 11, 2026, Saturday

जलजलाका जनप्रतिनिधिबाट कार्यकक्षमै कर्मचारीमाथि दुर्व्यवहार 

पर्वतको जलजला गाउँपालिकामा लोकसेवा आयोगबाट दुईजना स्वास्थ्यका एचए कर्मचारीहरु पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । मङ्गलवार गाउँकार्यपालिकाको कार्यालयमा कार्यालय समयमा गाउँपालिकाकै जिम्मेवार केही पदाधिकारी (जनप्रतिनिधि)बाट कर्मचारीहरुले आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै बुधवारदेखि आन्दोलन गरेका हुन् ।

कार्यालय समयमा जिम्मेवार पदाधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी नेमप्लेट र सूचना अधिकारीको बोर्ड समेत कार्यालय परिसर बाहिर फाल्ने, अमर्यादित र धम्कीपूर्ण शब्दहरुको प्रयोग गरी तथानाम गालीगलौज गर्ने तथा अन्य शाखाहरुका कर्मचारीहरुलाई समेत धम्काउने जस्ता अनुशासनहिन क्रियाकलापहरु भएकाले कर्मचारीले आन्दोलन गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।

‘दुईजना करारका कर्मचारीको सम्झौता रद्द गरेर उहाँहरुलाई पदपूर्ति पदस्थापना ग¥यौं । त्यही निर्णयको विरुद्ध उहाँहरुले कर्मचारीलाई तपाइँले निकाल्न पाउनुहुन्न, तपाईँले यसरी हाम्रा कर्मचारी निकाल्दिने ? भन्दै हामीमाथि दुब्र्यवहार भयो’ आचार्यले भने । उनले जनप्रतिनिधिको टोलीले कार्यकक्षमा प्रवेश गरेर नेमप्लेट फालेको र सूचना अधिकारीको बोर्ड समेत कार्यालयबाट फालिदिएको बताए ।

कार्यालयको नियमित काम सञ्चालन गर्दैगर्दा ४ नम्बर वडाध्यक्षज्यू, ३ नम्बर वडाध्यक्षज्यू, २ नम्बर वडाध्यक्षज्यू र कार्यपालिका सदस्य भीमसेन विश्वकर्मा कार्यालयको कार्यकक्षमा प्रवेश गरी ४ नम्बरको वडाध्यक्षज्यूले तनाथाम गालीग्लौज गरेको प्रशासकीय अधिकृत आचार्यको भनाई छ ।

जनप्रतिनिधिको टोलीले अन्य शाखाहरुमा समेत प्रवेश गरी कर्मचारीहरुलाई तँ काम नगर जा भन्ने खालको धम्कीपूर्ण भाषा प्रयोग गरी अभद्र व्यवहार गरेकाले हामीलाई सहज रुपमा काम गर्ने वातावरण नभएको बताए ।

स्वास्थ्य शाखामा कर्मचारीको पदपूर्तिको विषयलाई लिएर गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यबाट कर्मचारीमाथि गलत क्रियाकलाप भएकाले कार्यालयमा रही काम गर्न उचित वातावरण नभएकाले कार्यालयमा सहज रुपमा काम गर्ने वातावरण नबन्दासम्म गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक कामबाहेकका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने कर्मचारीको भनाई छ ।

यता जलजला ३ का वडाध्यक्ष एकेन्द्र केसीले भने आफू गाउँपालिकाको कार्यालयमा पुग्दा विवाद सामान्य भैसकेको बताउँदै करारका कर्मचारीलाई दसैँसम्म राखेर अध्यक्ष फर्किएपछि कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग गरेको बताए । यता गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कर्मचारीलाई भयरहित वातावरणमा कार्यसम्पादन गर्ने वातावरण बनाउने बताए।

उनले निजामति कर्मचारीको पदस्थापना भएपछि करारका कर्मचारी हट्ने बताउँदै जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्धलाई सुमुधुर बनाउँदै कार्यसम्पादनलाई प्रभावकारी बनाउने बताए ।करारका कर्मचारी निजामति आएमा अटोमेटिक रुपमा पुनसर््थापना गर्दा विस्थापित गर्नुपर्ने सर्वमान्य सिद्धान्त छ । स्थानीय तहमा राजनीतिक नियुक्ती, आस्थाका भरमा नियुक्ती गरिएका कर्मचारीकै कारण बेलाबेलामा विवाद हुन्छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP