२०८३ असार १
June 15, 2026, Monday

घराम्दीका खेलाडीले अन्नपूर्ण आधार शिविरमा सरसफाई गरे

सुरेन गुरुङ
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग पदमार्गको सरसफाई गरेका छन् ।

Advertisement

घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनबहादुर पाईजा र जक फगामीको सहयोगमा भलिबल खेलाडीहरुको टोलीले आधार शिविर र नारच्याङको हुुमखोला देखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले गरेका फोहोर ब्यवस्थापन गरेका हुन् ।

Advertisement

असोज १७ गते आधारशिविरतर्फ गएको १९ जनाको टोली शनिबार सरसफाई गरेर फर्किएको छ । पदमार्ग र आधार शिविर घुुम्न गएका पर्यटकहरुले फालेको पलास्टिक जन्य फोहोर संकलन गरेर ब्यवस्थापन गरिएको सो कार्यक्रमको अगुवाई गर्नुभएका पाईजाले बताउनुभयो ।

“पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहोर बढ्न थालेकाले सरसफाईका लागि सन्देश दिन कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो “यहाँको सुन्दरतालाई कायम गर्न फोहोर ब्यवस्थापनप्रति पर्यटकहरु सचेत र सरोकारवालाले अगुवाई गरेर सरसफाईलाई निरन्तरता दिनुपर्छ ।”

घराम्दी गाउँको विकास र प्रर्वद्धनमा सहयोग गर्दै आउनुभएका पाईजा र फगामीले भ्रमण तथा सरसफाई टोलीको सबै खर्च व्यक्तिगत रुपमा ब्यवस्थापन गर्नुभएको थियो । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –४ मा पर्छ ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नु भएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको ८ हजार मिटर अग्लो हिमाल हो ।

मौरीस हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङ देखि आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

गत बसन्त याममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर जान थालेका बताउनुभयो ।

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । वि.स. २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।

होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीहरुले आफै खाने सामग्रीहरु लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएको छ । अस्टे«लीयामा रहेकी रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाईमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालय लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा बिनियोजन भएको बजेट कार्यान्वयनको तयारी गरेको बताउनुुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP