२०८१ कार्तिक ६
October 22, 2024, Tuesday

१५ ओभरको खेलमा बेनी क्रिकेट क्लव बिजय

पर्वतको ज्ञादी क्रिकेट क्लवले आयोजना गरेको प्रतियोगितामा बेनी क्रिकेट क्लव बिजय भएको छ । विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा बेनी क्रिकेट क्लवले धौलागिरी क्रिकेट क्लब, गैरीटोल क्रिकेट क्लव र सेमिफाइनलमा बागलुङ क्रिकेट क्लवलाई पराजित गरेको थियो ।

Advertisement

फाइनमा आयोजक ज्ञादी क्रिकेट क्लवलाई टस जितेर पहिला ब्याटिङ गरेको बेनीले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो । उक्त खेलमा अश्विनी रानाले ३७ बलमा ७० रन बनाउँदा ९ छक्का र १ चौका प्रहार गरेका थिए भने रितिक थापा मगरले २२ बलमा २४ रन बनाएको आयोजक टिमका सदस्य अशोक कार्कीले बताए ।

प्रतियोगिताका आयोजक ज्ञादीले १४७ रनको लक्ष्यसहित मैदानमा उत्रिएपनि राम्रो सुरुवात गर्न सकेन । ७० रनमै अल आउट हुदै आयोजक उपबिजेता भएको छ ।

प्रतियोगितामा टुर्नामेन्ट अफ सिरिज बेनी क्रिकेट क्लवका राना बनेका छन् । प्रतियोगितामा विजेता बेनी क्रिकेट क्लवले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पछिल्लो समय म्याग्दीका क्रिकेट प्रतियोगिता र अभ्यास नियमित हुन थालेपछि बाहिरी जिल्लामा हुने प्रतियोगितामा समेत म्याग्देली खेलाडीले राम्रो प्रर्दशन देखाइरहेका छन् ।

Related News

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
  • २०८१ आश्विन २८, सोमबार ००:३७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा...

नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
  • २०८१ आश्विन २८, सोमबार ००:३७

Advertisement गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता...

म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
  • २०८१ आश्विन २८, सोमबार ००:३७

म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको...

TOP