२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

१५ ओभरको खेलमा बेनी क्रिकेट क्लव बिजय

पर्वतको ज्ञादी क्रिकेट क्लवले आयोजना गरेको प्रतियोगितामा बेनी क्रिकेट क्लव बिजय भएको छ । विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा बेनी क्रिकेट क्लवले धौलागिरी क्रिकेट क्लब, गैरीटोल क्रिकेट क्लव र सेमिफाइनलमा बागलुङ क्रिकेट क्लवलाई पराजित गरेको थियो ।

Advertisement

फाइनमा आयोजक ज्ञादी क्रिकेट क्लवलाई टस जितेर पहिला ब्याटिङ गरेको बेनीले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो । उक्त खेलमा अश्विनी रानाले ३७ बलमा ७० रन बनाउँदा ९ छक्का र १ चौका प्रहार गरेका थिए भने रितिक थापा मगरले २२ बलमा २४ रन बनाएको आयोजक टिमका सदस्य अशोक कार्कीले बताए ।

Advertisement

प्रतियोगिताका आयोजक ज्ञादीले १४७ रनको लक्ष्यसहित मैदानमा उत्रिएपनि राम्रो सुरुवात गर्न सकेन । ७० रनमै अल आउट हुदै आयोजक उपबिजेता भएको छ ।

प्रतियोगितामा टुर्नामेन्ट अफ सिरिज बेनी क्रिकेट क्लवका राना बनेका छन् । प्रतियोगितामा विजेता बेनी क्रिकेट क्लवले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पछिल्लो समय म्याग्दीका क्रिकेट प्रतियोगिता र अभ्यास नियमित हुन थालेपछि बाहिरी जिल्लामा हुने प्रतियोगितामा समेत म्याग्देली खेलाडीले राम्रो प्रर्दशन देखाइरहेका छन् ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP