२०८३ असार १
June 15, 2026, Monday

पत्रकार हरिकृष्ण गौतम मोना फ्रान्सबाट सम्मानित


बेनी अनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतम म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सबाट सम्मानित भएका छन् । बिहिबार मोना अन्तराष्ट्रियको सचिवालयमा आयोजित समारोहमा मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्की, संस्थापक सदस्य नविन कार्कीले रू २० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
मोना फ्रान्सका अध्यक्ष ओम गौचन, महासचिव महेन्द्र बोहोराद्धारा हस्ताक्षर गरिएको सम्मानपत्रमा स्थापनाकालदेखि मोना फ्रान्सका समाचार तथा पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदानको कदर गदैं सम्मान गरिएको उल्लेख छ ।
सम्मान कार्यक्रममा अधिवक्ता दिपक कार्की, मोना सचिवालयकी प्रमुख स्मृति सुबेदी, यूवा ब्यवसायी जिवन कार्की लगायतको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्कीले जन्मभूमिका विभिन्न क्षेत्रमा संस्थाले सक्ने सहयोग गर्ने बताए । डेढ दशक देखि म्याग्दी जिल्लामा सक्रिय गौतम बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिकका प्रकाशक, नागरिक दैनिक, पब्लिक फोर के टेलिभिजन, ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा आवद्ध छन् ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP