Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

पत्रकार हरिकृष्ण गौतम मोना फ्रान्सबाट सम्मानित


बेनी अनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतम म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सबाट सम्मानित भएका छन् । बिहिबार मोना अन्तराष्ट्रियको सचिवालयमा आयोजित समारोहमा मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्की, संस्थापक सदस्य नविन कार्कीले रू २० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
मोना फ्रान्सका अध्यक्ष ओम गौचन, महासचिव महेन्द्र बोहोराद्धारा हस्ताक्षर गरिएको सम्मानपत्रमा स्थापनाकालदेखि मोना फ्रान्सका समाचार तथा पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदानको कदर गदैं सम्मान गरिएको उल्लेख छ ।
सम्मान कार्यक्रममा अधिवक्ता दिपक कार्की, मोना सचिवालयकी प्रमुख स्मृति सुबेदी, यूवा ब्यवसायी जिवन कार्की लगायतको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्कीले जन्मभूमिका विभिन्न क्षेत्रमा संस्थाले सक्ने सहयोग गर्ने बताए । डेढ दशक देखि म्याग्दी जिल्लामा सक्रिय गौतम बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिकका प्रकाशक, नागरिक दैनिक, पब्लिक फोर के टेलिभिजन, ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा आवद्ध छन् ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!