२०८३ असार १
June 15, 2026, Monday

एचआईभी एड्सस संक्रमितलाई सधै भेदभाव र लान्छना र त्रास

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा अभिमुखीकरण गरिएको हो ।

Advertisement

एचआईभी एड्स संक्रमितलाई समाजमा गरिने अपमान, भेदभाव र दुव्र्यवहारको विश्लेषण गर्न, दुव्र्यवहार र मानव अधिकारको सम्बन्ध तथा स्थानीयस्तरमा हुने गरेका सम्भावित दुव्र्यवहारहरुको पहिचान गर्ने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । एचआईभी एड्स सम्बन्धी अभिमुखीकरणमा एड्स रोगसँग सम्बन्धित विभिन्न विषयहरुमा अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

Advertisement

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सुजता पोखरेलले एचआईभी एड्सको बारेमा देशभरीको अवस्थाको साथै गण्डकी प्रदेश र म्याग्दी जिल्लाको अवस्थाको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी अर्का जनस्वास्थ्य अधिकृत कमल रानाभाटले एचआईभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव र नीतिगत व्यवस्थाको विषयमा सहजीकरण गर्नुभएको थियो । गएको आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ ।

जिल्लामा आर्थिक वर्ष ०७९÷८० मा परीक्षण गर्दा भने एचआईभी संक्रमित कोही पनि नभेटिएको अर्थात् संक्रमितको सङख्या शुन्य रहेको पाइएको थियो । म्याग्दीमा हालसम्म १ सय २४ जनामा एचाईभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रुपमा औषधी प्रयोग गरिरहेका छन् भने कोही जिल्ला बाहिर र कतिपयको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला बाहिर जाने संक्रमितहरुमा मुख्यतयाः सामाजिक लाञ्छना र भेदभाव प्रमुख कारण रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्रममा एचआईभी एड्स कसरी सर्छ र यसको रोकथामको बारेमा समुदायलाई बुझाउनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो । एचआईभी एड्स मुख्य गरी असुरक्षित यौनसम्पर्क, निर्मलीकरण नगरेको सुई र संक्रमित महिलाले बच्चा जन्माउँदा सर्ने जोखिम उच्च हुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एचआईभी एड्स प्राणघातक रोगबाट अहिले संक्रामकजन्य रोगमा झरेको बताउनुभयो । उहाँले एचआईभी संक्रमित पुष्टि भएकाहरुलाई समाजले लगाउने लाञ्छना र गर्ने दुव्र्यवहारको विरुद्धमा सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

एचआईभी एड्स विभिन्न माध्यमको सहयोगमा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले बेनी नगरपालिकामार्फत एचआईभी, एड्स रोकथामको बारेमा समुदायस्तरमा चेतना अभिवृद्धिका लाग सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले एचआईभी एड्ससम्बन्धी रोग लाग्नबाट बच्न र संक्रमितहरुलाई समुदायले गर्ने व्यवहारको विरुद्ध सचेतना फैलाउनुपर्ने बताउनुभयो । कार्यक्रम स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP