मिडिया सोसाईटी अवार्ड-२०८१´बाट यस वर्ष पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपैयाँ, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

बेनी नगरपालिका प्रमुख सुरत केसी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा , बेनी नगरपालिका-४,का वडा अध्यक्ष अणबहादुुर खड्का, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल , पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले सम्मान गर्नुभएको थियो । डेढ दशकदेखि पत्रकारिता पेशामा सक्रिय पत्रकार खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, म्याग्दी अनलाईन , रासस लगायत संचार माध्यममा आवद्ध हुनुहुन्छ । खत्री संस्थाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

नगर प्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत शर्माले म्याग्दीमा पर्यटकीयस्थलको प्रवर्द्धन , विकास, सुशासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल , वडा अध्यक्ष खड्का र महासंघ म्याग्दी अध्यक्ष गौतमले पनि बोल्नुभएको थियो ।
वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरुले थालेको म्याग्दी मिडिया सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले बताउनुभयो ।
दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि , धिरन खत्री ,ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानियाँ, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ । यसैगरी अधिवेशनबाट अमीत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ ।
सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिबार मंगला गाउँपालिका र...
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा...
म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वमा दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य...



