२०८१ माघ ५
January 18, 2025, Saturday

मिडिया सोसाईटी अवार्ड पत्रकार कमल खत्रीलाई

मिडिया सोसाईटी अवार्ड-२०८१´बाट यस वर्ष पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपैयाँ, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

Advertisement

बेनी नगरपालिका प्रमुख सुरत केसी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा , बेनी नगरपालिका-४,का वडा अध्यक्ष अणबहादुुर खड्का, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल , पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले सम्मान गर्नुभएको थियो । डेढ दशकदेखि पत्रकारिता पेशामा सक्रिय पत्रकार खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, म्याग्दी अनलाईन , रासस लगायत संचार माध्यममा आवद्ध हुनुहुन्छ । खत्री संस्थाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

नगर प्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत शर्माले  म्याग्दीमा पर्यटकीयस्थलको प्रवर्द्धन , विकास, सुशासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।  गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल , वडा अध्यक्ष खड्का र महासंघ  म्याग्दी अध्यक्ष गौतमले पनि बोल्नुभएको थियो ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरुले थालेको म्याग्दी मिडिया सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले बताउनुभयो ।

दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि , धिरन खत्री ,ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानियाँ, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ । यसैगरी अधिवेशनबाट अमीत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८१ पुष २०, शनिबार ०५:२०

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८१ पुष २०, शनिबार ०५:२०

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८१ पुष २०, शनिबार ०५:२०

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP