२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

माघ २२ गते प्रचण्ड बेनी आउने

नेकपा (माओवादी केन्द्रका) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो ।

Advertisement

बेथिति, भ्रष्ट्राचार, महंगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा आयोजना गरिएको उहाँले बताउनुभयो । सभाको प्रचारप्रसार र ब्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा खुल्ला सभा हुने भएको छ । प्रचण्ड शान्ति प्रक्रीयामा आएपछि चौथो पटक बेनीमा आउन लाग्नु भएको हो । वि.स. २०७० को संविधानसभाको दोस्रो निर्वाचनको सभालाई सम्बोधन गर्न बेनी आएका प्रचण्ड वि.स. २०७५ कात्तिकमा स्वर्गीय पत्नि सिता दाहाललाई तातोपानी कुण्डमा स्नान गराएर उपचारका लागि आउनुभएको थियो ।

त्यसबेला चार दिन बेनीमा बस्नुभएको थियो । वि.स. २०७६ मा म्याग्दी महोत्सवको उद्घाटनका लागि प्रचण्ड बेनी आउनुभएको थियो । खबरदारीसभालाई कार्यकर्ताहरुलाई प्रशिक्षित, समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा, सरकारको नेतृत्व गर्दा माओवादीले गरेका कामको प्रचारप्रसारका साथै जिल्लाको विकास निर्माणको विषयमा केन्द्रिय स्तरका नेताहरु मार्फत सरकारको ध्यानाकर्षण गराउने पनि उद्देश्य रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP