२०८३ असार १
June 15, 2026, Monday

अपर म्याग्दी ५३.५ मेगावाटको बाँध निर्माण सुरु

राकेश शर्मा
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ४ को खाम्लमा अपर म्याग्दी–एक जलविद्युत आयोजनाको बाँध निर्माण –कंक्रिट कार्य) सुरु गरिएको छ । निर्माणधिन ५३ देशमलव पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाले निमार्ण कार्य तिब्र पारेको छ ।

Advertisement

म्याग्दी हाइड्रोपावर लिमिटेडद्वारा निर्माण थालिएको उक्त आयोजनाको गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले उद्घाटन गरी म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो, ४० मिटर लामो बाँध निर्माण थालेको हो ।
पश्चिम क्षेत्रका यस्ता जलविद्युत आयोजनाहरुले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका हुने पालिका अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार जलविद्युत आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न पालिकाका तर्फबाट साथ,सहयोग र सहजिकरण हुनेछ ।

Advertisement

वुधबार आयोजना स्थलमा पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडा अध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थितिमा निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योती कुमार केसीले जानकारी दिनुभयो ।
एक वर्ष अघि निर्माण थालिएको उक्त आयोजनाको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माण स्थल तयार पारिएकोे छ । केसीका अनुसार वि.स.२०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको छ । अहिले सम्म आयोजनाले १६ प्रतिशत भौतिक प्रगति भएको छ ।

वि.स. २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरू भएको एक सय ९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को प्रवेशमार्ग सुरुङ खनेर थप पाँच सय ३० मिटर मुख्य सुरुङ निर्माण भैरहेको छ । आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेका अनुसार पाँच किलोमिटर सात सय मिटर सुरुङ मध्य केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरू गर्ने तयारी गरिएको छ ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँ लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।

भारवाङदेखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेसनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP