बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङ्गलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । मल्कबाङ्गमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मल्कबाङ्गलाई जिल्लाको दोस्रो पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताउनुभयोे ।
घोषणा कार्यक्रममा वडा अध्यक्ष अम्मर कुमार छन्त्याल, गाउँपालिका स्वास्थ्य शाखा संयोजक संम्झना खाती क्षेत्री, लगायतको उपस्थिती उक्त वडालाई पूर्ण खोप वडा घोषणा गरिएको मल्कबाङ्क स्वास्थ्य चौकीका प्रमुख रुपक गिरीले जानकारी दिनुभयो ।

“पुर्ण खोप सुरक्षित भविस्य“भन्ने मुल नाराका साथ नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा ० देखि १५ महिनाका १५ जना खोप लगाउदै र १६ देखि ५९ महिनाका ६५ जनासबै बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मल्कबाङ्गलाई पुर्णखोप वडा घोषणा गरिएको पालिकाले जनाएको छ ।
‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मल्कबाङ्कलाई जिल्लामै दोस्रो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो ,’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।
रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो । सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ ।
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...
बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...
म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...



