२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

मल्कबाङ्ग पुर्णखोप सुनिश्चित वडा घोषणा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङ्गलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । मल्कबाङ्गमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मल्कबाङ्गलाई जिल्लाको दोस्रो पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताउनुभयोे ।

Advertisement

घोषणा कार्यक्रममा वडा अध्यक्ष अम्मर कुमार छन्त्याल, गाउँपालिका स्वास्थ्य शाखा संयोजक संम्झना खाती क्षेत्री, लगायतको उपस्थिती उक्त वडालाई पूर्ण खोप वडा घोषणा गरिएको मल्कबाङ्क स्वास्थ्य चौकीका प्रमुख रुपक गिरीले जानकारी दिनुभयो ।

Advertisement

“पुर्ण खोप सुरक्षित भविस्य“भन्ने मुल नाराका साथ नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा ० देखि १५ महिनाका १५ जना खोप लगाउदै र १६ देखि ५९ महिनाका ६५ जनासबै बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मल्कबाङ्गलाई पुर्णखोप वडा घोषणा गरिएको पालिकाले जनाएको छ ।

‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मल्कबाङ्कलाई जिल्लामै दोस्रो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो ,’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो । सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP