२०८३ जेष्ठ २५
June 8, 2026, Monday

गलेश्वर मन्दिरमा एक वर्षमा ७३ लाख भेटी सङ्कलन

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ।

Advertisement

आर्थिक वर्ष २०८१/ ८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए।

Advertisement

उनका अनुसार आर्थिक वर्ष २०८०/ ८१ मा कुल रु ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो। ०८१/८२ मा नियमित रु ४७ लाख १० हजार २९० र मेलापर्वमा रु २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिए।

भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा रु ९४ लाख १५ हजार १७ आम्दानी भएको उनले बताए। यज्ञ दर्ताबाट रु चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा रु सात लाख १९ हजार ७१४, सहयोग रु तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत रु पाँच लाख ४६ हजार ७७० आम्दानी भएको छ।

गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन्। मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ।  

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ। मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा रु १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यीकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा रु छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन रु एक लाख सहयोग गरिएको अध्यक्ष रेग्मीले बताए।  

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ।  

हिन्दू धर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ। दैनिक नित्य पूजाआजा हुने गर्छ। गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुने धार्मिक विश्वास छ। रासस

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP