२०८२ मंसिर १८
December 3, 2025, Wednesday

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन, पीडित परिवारले निस्पक्ष छानविको माग

बेनी नगरपालिका–८,डल्लेपिललमा बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङ स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा उपसमिति गठन भएको छ । साउन २४ गते राती ८ः४० बजेको समयमा गलेश्वर देखी बेनीबजार तर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर चालक बेनी नगरपालिका–४सिंगा तातोपानीका २५ बर्षिय दिनेश मिजारको आँखामा चोट लागेको थियो । चेकजाँचको लागि रोक्ने क्रममा स्कुटर चालक मिजारलाई प्रहरीले हातमा रहेको चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

Advertisement

चेकजाँचको क्रममा घाईते भएका मिजारको तत्कालै बेनी अस्पतालमा सामान्यउपचार पश्चात थप उपचारको लागी पोखरा स्थित हिमालय आँखा अस्पताल घारेपाटनमा लगिएको थियो । पोखराबाट थप उपचारका लागि टिचिङ अस्पताल काठमाण्डौमा लगी आँखाको उपचार गरिएको छ । घाईते स्कुटर चालक मिजार मंगलबार डिस्र्चाज भएर फलोअफका लागि एक सातापछि बोलाएको छ ।

Advertisement


मापासे गरेर गलत दिशाबाट आएको स्कुटर रोक्न खोज्दा चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीको दाबी छ भने पीडित मिजारका बुबा दिलबहादुर सार्कीले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । ’छोराको आँखाको उपचार भएको छ, घटना कसरी घट्यो सत्यतथ्य हामीलाई जानकारी गराइदिनुहोस्‘ बुबा दिलबहादुरले भन्नुभयो । आँखाका चोट लागेपछि शल्यक्रिया गरिएको छ ।

घाईते मिजारको उपचारसँगै उपसमितिले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गरेपछि दोषी देखिएमा कारबाही गरिने प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताउनुभयो । घटनाका बारेमा घाईते मिजारका बुबा दिलबहादुर वडा अध्यक्ष अणबहादुर खड्काले प्रहरी नायव उपरीक्षक निस्पक्ष छानविन तथा उपचारमा कुनैपनि कमी हुन नदिन अनुरोध गर्नुभएको थियो ।

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८२ श्रावण २८, मंगलवार ११:५५

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८२ श्रावण २८, मंगलवार ११:५५

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८२ श्रावण २८, मंगलवार ११:५५

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP