Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २५
October 11, 2026, Sunday

Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग

टोकियो, जापान। नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित Care Earth株式会社 ले ५ लाख जापानी येन आर्थिक सहयोग गरेको छ।

Advertisement

विपत्तिको कठिन समयमा मातृभूमि नेपाललाई सम्झँदै मानवीय सहयोग प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (NRNA) जापानले Care Earth株式会社 प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

Advertisement

यसै सन्दर्भमा NRNA जापानका अध्यक्ष श्री सुबास लामिछाने र Care Earth株式会社 का प्रतिनिधिबीच भेटघाटसमेत भएको थियो।

विदेशमा रहेर पनि नेपालमा परेको दुःख र पीडालाई आत्मसात् गर्दै प्रदान गरिएको यो सहयोग आर्थिक योगदानमा मात्र सीमित नभई मातृभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्धको उदाहरणका रूपमा लिइएको छ।

विपत्तिको समयमा नेपालका नागरिकको पीडामा साथ दिँदै सहयोगको हात बढाउनुहुने Care Earth株式会社 तथा यस मानवीय अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण महानुभावहरूप्रति NRNA जापानले सम्मान, कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Related News

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
  • २०८३ आश्विन २४, शनिबार १६:३४

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि...

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

TOP