Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठुला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, सिरुवारी, अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण–७, महभिर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अबरुद्ध हुने गरेका छन् । 

Advertisement

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुवकुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षातमा यो क्षेत्रमा निरन्तर रूपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अबरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ, तर पहिरोको स्थायी समाधान नभएसम्म बर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन ।’’ 

Advertisement

पहिरोग्रस्त क्षेत्रको भूगर्वविद्हरूको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामका लागि प्रक्रिया अघि बढाइएको भएपनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनैपनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । गत वर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि २० करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भए पनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । चालु आर्थिक वर्षमा समेत पहिरो रोकथाम र नियनत्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिनुभयो । बेनीदेखि घाँसासम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरेपनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक बर्खायाममा म्याग्दीको रघुगङ्गा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका–३, दानाका वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । ‘‘ यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, वर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ’’– वडाध्यक्ष पुर्जाले भन्नुभयो । बेनी–जोमसोम सडकमा पहिरोका कारण वर्षातको समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विस्तार गर्नुभन्दा अघिसम्म अहिले गएका ठुला पहिरो नभएकाले सडक कालोपत्रे सहितको योजनामा पहिरो नियन्त्रणको काम समावेश गरिएको थिएन । कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–जोमसोम सडकखण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भैसकेको छ ।

आयोजनाले गत वर्ष नै ठुला पहिरोको जोखिम र रोकथामबारे विस्तृत अध्ययन गरेपनि रोकथामको काम भने अझै सुरु भएको छैन् । यस सडकखण्डमा हरेक वर्ष नयाँ ठाउँमा पहिरो खस्ने समस्या बढेको छ । कालीगण्डकी नदी किनार हुँदै विस्तार भएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा सडक विस्तारको भूगोल साँघुरो रहेको छ भने कमजोर भू–बनोटका कारण नयाँ नयाँ ठाउँमा पहिरो खस्नेक्रम बढ्दो छ । यो वर्ष महभिरमा नयाँ पहिरो खस्न थालेको छ । 

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मङ्गलबारदेखि रातको समयमा सवारी साधन चलाउन बन्द गरिएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसारसाउन २७ गते बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको हो । बर्षासंगै ठाउँ ठाउँमा ठुला पहिरोको जोखिम बढेको र सडक अबरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवत जावत बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । रासस

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP