म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ ।
िजल्लाको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा एक्कासी खसेको सुख्खा पहिरोमा परेर पाँच जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा खसेको पहिरोमा मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
पहिरोमा घाईते भएकाहरुको उपचारका लागि एक जना बेनी अस्पताल लिएर उपचार भैरहको छ । बाँकी घाईते बाटोमा आउदै गरेका छन् । मृत्यु हुनेमा तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षका सुजन बुढामगर र चितवनका अन्दाजी ४५÷४६ बर्षका लाल बहादुर सुनार रहेको प्रहरी जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउने क्रममा समेत यस अगाडी बाँध पहिराको जोखिममा परेको थियो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...