Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

म्याग्दीमा पहिरोले तीन घर विस्थापित

गयराति करिब १० बजेको समयमा बस्तीमाथिबाट खसेको पहिरोले क्षति गर्दा म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका तीन घर विस्थापित भएका छन् ।

Advertisement

पहिरोसँगै  खसेको ठुलो ढुङ्गाले स्थानीय चन्द्रबहादुर पटेल, खड्कबहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति गरेको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले विस्थापित परिवार छिमेकी मनदेवी बराइलीको घरमा आश्रय लिएर बस्नुभएको छ ।मोतिसराको भैंसी गोठमा क्षति गरेको छ ।

Advertisement

पहिरोले छानो र पर्खालमा बढी क्षति पुगेको छ । यसैगरी, उच्च जोखिममा रहेका सुशिला पटेल, शान्ति पटेल, दिपक पटेल तथा भोजमाया बिकको परिवाराई सुरक्षित स्थानमा सारिएको वडा सदस्य भिमकुमारी पुनले जानकारी दिनुभयो । वडा सदस्य भीमकुमारी लगायत स्थानीयबासीले उद्धार गरेका थिए । वडा सदस्य भिमकुमारी पुनले पहिरोबाट विस्थापित परिवारलाई आर्थिक सहयोग र पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, प्रहरी टोली लगायतको टोलीले पहिरो प्रभावित क्षेत्रमा शुक्रबार स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारलाई तत्काल राहतस्वरुप खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP