२०८३ असार २६
July 10, 2026, Friday

‘अपर’ राहुघाट ४८.५ मेगावटको परिक्षण उत्पादन शुरु (फोटो फिचर

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत आयोजनाको बुधबारदेखि परिक्षण उत्पादन शुरु भएको छ ।

तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परिक्षण सकिएपछि वुधबार विश्वकर्माको पुजाको दिनको अवसर परेर रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी र आयोजना प्रमुख इन्द्र ढकालले पुजाआजा गरेर उद्घाटन गरेको आयोजनाको नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परिक्षण गरिएको हो ।

२०७७ चैतमा पालिका अध्यक्ष भण्डारीले नै शिलन्यास गरेकोे आयोजनाले ४६ महिनामा नै निर्माण भएका भौतिक संरचना र जडान गरिएका उपकरणहरुको आन्तरिक परिक्षण सफल भएपछि विद्युत उत्पादन थालिएको प्रमुख ढकालले जानकारी दिनुभयो । ‘हामीले काम समयमा नै सम्पन्न गर्नका लागि सबै तहले सहयोग गर्नुभयो, यस आयोजनाको अझै केही काम बाँकी छ, छिट्टै सक्छौँ, तर यसको उत्पादन अब नियमित हुन्छ ।’

रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर –४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । आउटलेट देखि विद्युतगृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।

अपर राहुघाटको इलेक्ट्रोमेकानिल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो । साउथ एशियन इन्फास्ट्रक्चरले सुरुङ बनाएको हो । यो आयोजना रन अफ द रिभर प्रकृतिको हो ।
गाउँपालिकामा सबै आयोजना गरेर करिब दुई सय मेगावट विद्युत उत्पादन हुदै छ पालिका अध्यक्ष भव बहादुर भण्डारीले भन्नुभयो । ‘सबै आयोजना समयमा नै सम्पन्न गर्नका लागि हामीले स्थानीय तहले गर्नुपर्ने समन्वयकारी भुमिका सबै निभाएका छौ, समयमा नै आयोजना सम्पन्न भए पालिकाको आर्थिक आम्दानी पनि बढ्ने भएकाले कुनै पनि समस्या दिएका छैनौँ ।’

तुँदी पावरले निर्माण गरेको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत आयोजनाले गत असार महिनादेखि व्यवसायिक उत्पादन शुरु गरेको थियो । संयुक्त उर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले यही भदौ महिनादेखि व्यवसायिक उत्पादन थालेको थियो ।

चिमखोला– मङ्गले– राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत उत्पादन गरिएको हो । दुई वटै आयोजनाको अनुमानित लागत रु. १३ अर्ब हो । यी आयोजनाहरुबाट उत्पादन भएको विद्युत रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डबाट अस्थायी रुपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP