म्याग्दीको पश्चिम भेगमा रहेर सामाजिक र खेलकुद गतिविधि गर्दै आएको पश्चिम म्याग्दी युथ क्लबको अध्यक्षमा नगेद्र मल्ल चयन हुनुभएको छ ।
सोमबार दरबाङ बजारमा युवाहरुको एक भेलाले मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । क्लबको छैटौँ अधिवेशनबाट समितिको उपाध्यक्षमा विश्वास पुन सचिवमा बिमल शर्मा, सहसचिवमा बबिन फगामी, कोषाध्यक्षमा बिकास राम्जाली र सहकोषाध्यक्षमा बिशेस बुढा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा टन्डिन लामा, बिपुल कार्की चयन हुनुभएको सचिव शर्माले जानकारी दिनुभयो ।
क्लबले पश्चिम भेगमा विभिन्न क्षेत्रकामा काम गर्दै आएको छ । युवालाई खेलकुद संगै सामाजिक क्षेत्रमा समेत काम गर्ने नवनिर्वाचित मल्लले बताउनुभयो ।
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...
बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...
म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...



