२०८३ भाद्र २
August 18, 2026, Tuesday

नेपालमा सहकारी क्षेत्रले साना तथा मझौला उद्यमशीलता विकासमा खेलेको भूमिका

नेपाल जस्तो विकाशोन्मुख मूलुकमा आर्थिक प्रगति मुख्यतःकृषि,घरेलु उद्योग,सेवा क्षेत्र र साना –मझौला उद्यम SME मा निर्भर रहन्छ।देशको कुल उत्पादन,रोजगारी र पुँजी निर्माणमा ९क्ःभ्० क्षेत्रले महत्वपूर्ण योगदान दिदै आएपनि पुँजी,बजार,प्रविधि आदिको कमिले उक्त क्षेत्रले पर्याप्त गति लिन सकेको छैन।यहि खालको चुनौतिपुर्ण अवस्थामा सहकारी क्षेत्र एउटा भरपर्दो माध्यमको रुपमा विकास हुँदै आएको छ।“एकका लागि सवै र सवैका लागि एक” भन्ने सिद्घान्तमा सञ्चालन हुने सहकारी क्षेत्रले समुदायमा आधारित आर्थिक विकासको नमुना प्रस्तुत गर्दै साना तथा मझौला उद्यमको विकासमा उल्लेख्य योगदान पु¥याएको छ।
समाजमा आधारित सहकारी क्षेत्रले समाज तथा (क्ःभ्० मा पु¥याएको योगदानहरुः
१) वित्तिय समावेशिकरण र सुलभ ऋण सुविधाः
नेपालमा प्राय साना तथा मझौला ब्यवसायीहरु बैकिङ्ग पँहुचबाट टाढा छन्।ग्रामिण भेगमा त झन बैंकमा जानु,कागजी प्रक्रिया बुझ्नु र आवश्यक धितो उपलब्ध गराउनु अत्यन्त कठिन रहेको पाईन्छ।सहकारीमा भनेः
–सरल कागजी प्रक्रिया,
–न्युन ब्याजदर,
–स्थानिय स्तरमै पहुँच,
–बचत ऋणको सहज चक्र,
–सदस्यमा आधारित कारोवार,
आदिका माध्यमबाट साना उद्यमीलाई आर्थिक सहयोग पु¥याएको छ।यसले सिलाई–कटाई,किराना पसल,डेरी,कृषि ब्यवसाय,फलफुल–तरकारी खेती जस्ता ब्यवसाय सुरु गर्न तथा विस्तार गर्न ठोस भूमिका खेलेका पाईन्छ।
२)उद्यमशिलता सम्वन्धी सीप र तालिम प्रदानः
धेरै सहकारी संस्थाले आना सदस्यहरुलाई उद्यम सञ्चालनका लागि आवश्यक सीप तालिमहरु जस्तैः–कृषि तथा पशुपालन तालिम,हस्तकला,बुनाई,सिलाई तालिम,डिजिटल वित्तिय प्रणाली र प्राविधिक तालिम,उद्यम ब्यवस्थापन र लेखा तालिम,ब्यवसाय योजना९द्यगकष्लभकक एबिल०बनाउने तालिम आदि प्रदान गर्दै आएको छन्।यि तालिमहरुले उद्यमीलाई आत्मविश्वासी,दक्ष,प्रतिस्पर्धी,उचित निर्णय सहि समयमा लिन सक्ने बनाउँछ,जसले नयाँ ब्यवसाय सुरु गर्न तथा पुरानो ब्यवसाय विस्तार गर्न प्रेरणा प्रदान गर्दछ।
३) बचत प्रवर्धन र पुँजी निर्माणः
सहकारीको मुख्य विशेषता नै सदस्यको सामुहिक बचत हो।सदस्यले आनो आम्दानीबाट खर्च कटाई सानो रकम निरन्तर जम्मा गर्दै जाँदा एक तर्फ नियमित बचत गर्ने बानीको विकास हुन्छ भने अर्को तर्फ सानोे बचतले ठुलो आवश्यकता पूरा गर्दछ।जसले गर्दा आर्थिक अनुशासन,भविष्यका योजनाको तयारी,पुँजी परिचालन गर्ने क्षमताको विकास गर्दछ।यहि संचित बचत पुनःउद्यममा लगानी भएर (क्ःभ्० क्षेत्रलाई बलियो बनाउँछ।
४)बजार ब्यवस्थापन र उत्पादन प्रवद्धनः
साना उद्यमीहरुको मुख्य समस्या उत्पादनको बजार हो।उत्पादन गर्ने तर बजार ब्यवस्थापन गर्न नसक्ने उद्यमी सफल हुन सक्दैन।सहकारीले आना सदस्यद्वारा उत्पादित वस्तु तथा सेवा सहकारीले सामूहिक रुपमा संकलन गर्ने,सहकारी मार्फत उत्पादनको ब्राण्ड निर्माण,थोक बजार संग साझेदारी गर्ने आदि कार्य गरि उत्पादनमा प्रवद्र्वन तथा बजार ब्यवस्थापन गर्ने गरेको छन्।सहकारी संस्थाले आŠना सदस्यहरु विचमा रहि पुलको रुपमा कार्य गर्दै उद्यमशिलता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ।
५)महिला उद्यमशिलता ,सशक्तीकरणमा योगदानः
महिलाहरु सहकारी प्रणालीका मुख्य लाभग्राही हुन।सहकारीले महिलालाई आर्थिक स्वतन्त्रता प्रदान,आत्मविश्वास,सामाजिक सम्मान,उद्यम सञ्चालन सम्बन्धी सिप प्रदान,नेतृत्व विकास आदि प्रदान गर्ने गरेको पाईन्छ।जसले गर्दा महिला उद्यमशिलता विकास र महिला सशक्तिकरण भएको छ।नेपालमा धेरै सफल महिला उद्यमीहरु सहकारीबाट तालिम,सिप तथा आर्थिक रुपमा ऋण लिएकै भरमा ब्यवसाय विस्तार गर्दै सफल महिला उद्यमी मएका उदाहरणहरु प्रशस्त छन्।
६)ग्रामिण विकास र स्थानिय अर्थतन्त्रमा योगदानः
नेपालमा सहकारीहरुले दिएको अर्को महत्वपूर्ण योगदान ग्रामिण विकास हो।नेपालको ग्रामिण अर्थतन्त्र सहकारी मार्फत् चलिरहेको छ।सहकारीले ग्रामिण क्षेत्रमा रहेका जनतालाई बचतमा प्रोत्साहन गर्ने,साना ऋण प्रदान गर्दै दुख,सुखमा साथ दिने,स्थानिय स्रोतसाधनको सदुपयोग,कृषि उत्पादनमा आधुनिकिकरण,ग्रामिण पूर्वाधार विकासमा सहयोग,वित्तिय साक्षरता प्रदान जस्ता माध्यमवाट ग्रामीण क्षेत्रमा आर्थिक चहलपहल बढाएको छ।
सहकारी क्षेत्रले यस्ता विभिन्न योगदान दिदै गर्दा पनि केहि चुनौतिहरु रहेका छन्।जुन निम्नानुसार छन्–
कमजोर नियमन र अनुगमन,
प्रविधिक सिपको कमि,
बजार विस्तारमा कठिनाई,
राजनितिक हस्तक्षेप,
केहि सहकारीमा देखिएको कुप्रबन्ध,
आधारविहिन हल्ला र झुटा सूचनाको प्रभाव,
लगायतका समस्याहरुको समाधान भएमा सहकारी क्षेत्र अझै प्रभावकारी रुपमा ९क्ःभ्० विकासमा योगदान दिन सक्दछ।नेपालमा सहकारी क्षेत्र साना तथा मझौला उद्यमशिलता विकासको प्रमुख आधार बनिरहेको छ।वित्तिय पहुँच,सिप विकास,बचत प्रबद्र्वन,बजार ब्यवस्था,जोखिम साझेदारी तथा महिला सशक्तिकरण मार्फत सहकारीले उद्यमशिल वातावरण निर्माण गरेको छ।यसले ग्रामिण भेगदेखि शहरसम्म आर्थिक सक्रियता बढाउँदै गरिवी न्यूनिकरणमा सहयोग पु¥याएको छ।
भविष्यमा सहकारी क्षेत्र अझ पारदर्शी,प्राविधिक रुपमा सक्षम,सु–व्यवस्थित र निति–समर्पित बन्न सकेमा नेपालले (sme) क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनमा रुपान्तरण गर्न सक्छ।सहकारी क्षेत्र र(क्ःभ्०क्षेत्रको सहकार्य नेपालको दिगो विकासका लागि अनिवार्य छ।

सरोज पौडेल बेनी बचत साकाेस काे कर्जा प्रमुख हुन्

Advertisement

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP