नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले बिहिबारबाट उपभोक्ताहरुको KYC विवरण संकलन गर्न सुरु गरेको छ । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरबाट उक्त कार्यको सुरु गरिएको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्य नारायण गामीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा १५० जना ग्राहकहरूको केवाईसी विवरण संकलन गरिएको छ । उक्त कार्यक्रममा विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरु नै पुगेर उपभोक्ताको केवासी संकलन गरेका थिए ।
विद्युत उपभोक्ताको व्यक्तिगत विवरण अद्यावधिक गरी सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी तथा व्यवस्थित बनाउन उक्त कार्यक्रम सञ्चालन गरिएको गामिले बताउनुभयो ।

केवाइसीमा उपभोक्ताहरूले नागरिकता, जग्गाधनीपूर्जा (लाल पूर्जा) मोबाइल नम्वर, ठेगाना लगायतका आवश्यक विवरणहरू संकलन गरिएको छ । ‘अहिले हामीले उहाँहरुको विवरण अत्यावधिक गरेका छौ, यो कार्य जिल्लाभर हुन्छ, काम सकिएपछि उपभोक्ताको मोवाईल नम्बरमा नै विद्युतको मिटरको बिल देखि अन्य जानकारी समेत जान्छ ।’ कार्यालय प्रमुखले भन्नुभयो ।

कार्यक्रममा सहभागी हुन नसक्ने उपभोक्ताले केवाईसी फाराम भरेर आवश्यक कागजातसहित ९८५७६३३१७७ मा ध्जबतकब्उउ मार्फत पनि पठाउन सक्ने व्यवस्था मिलाइएको जानकारी प्राधिकरणले दिएको छ । प्राधिकरणले मिटर रिडरबाट पनि उक्त फर्म भर्न मिल्ले गरि व्यवस्था गरेको जनाएको छ । केवाईसी विवरण संकलनका लागि वडा कार्यलय संग पनि समन्वय गरिएको कार्यालयले जनाएको छ ।
पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा नौँ जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ ।...
म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा...
म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी जानाकारी दिईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा म्यागदी उद्योग बाणिज्य...