२०८३ भाद्र १०
August 26, 2026, Wednesday

म्याग्दीमा विद्युत उपभोक्ताको KYC संकलन सुरु


नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले बिहिबारबाट उपभोक्ताहरुको KYC विवरण संकलन गर्न सुरु गरेको छ । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरबाट उक्त कार्यको सुरु गरिएको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्य नारायण गामीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा १५० जना ग्राहकहरूको केवाईसी विवरण संकलन गरिएको छ । उक्त कार्यक्रममा विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरु नै पुगेर उपभोक्ताको केवासी संकलन गरेका थिए ।

Advertisement

विद्युत उपभोक्ताको व्यक्तिगत विवरण अद्यावधिक गरी सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी तथा व्यवस्थित बनाउन उक्त कार्यक्रम सञ्चालन गरिएको गामिले बताउनुभयो ।

केवाइसीमा उपभोक्ताहरूले नागरिकता, जग्गाधनीपूर्जा (लाल पूर्जा) मोबाइल नम्वर, ठेगाना लगायतका आवश्यक विवरणहरू संकलन गरिएको छ । ‘अहिले हामीले उहाँहरुको विवरण अत्यावधिक गरेका छौ, यो कार्य जिल्लाभर हुन्छ, काम सकिएपछि उपभोक्ताको मोवाईल नम्बरमा नै विद्युतको मिटरको बिल देखि अन्य जानकारी समेत जान्छ ।’ कार्यालय प्रमुखले भन्नुभयो ।

कार्यक्रममा सहभागी हुन नसक्ने उपभोक्ताले केवाईसी फाराम भरेर आवश्यक कागजातसहित ९८५७६३३१७७ मा ध्जबतकब्उउ मार्फत पनि पठाउन सक्ने व्यवस्था मिलाइएको जानकारी प्राधिकरणले दिएको छ । प्राधिकरणले मिटर रिडरबाट पनि उक्त फर्म भर्न मिल्ले गरि व्यवस्था गरेको जनाएको छ । केवाईसी विवरण संकलनका लागि वडा कार्यलय संग पनि समन्वय गरिएको कार्यालयले जनाएको छ ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP