२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी तालिम

म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी जानाकारी दिईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा म्यागदी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको कार्यक्रममा जिल्लका होटल, रेष्टुरेन्ट, चमेनागृह र होमस्टे ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Advertisement

८० जना ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघ र म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ र खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले खाद्य सुरक्षा सम्बन्धी नीतिगत ब्यवस्था र खाद्य सुरक्षा तथा स्वच्छताका मापदण्ड लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

Advertisement

गुणस्तरीय र स्वच्छ खाद्यान्न उपभोग गर्न पाउने उपभोक्ताको अधिकारका लागि तालिमले सहयोग पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । २०२३ सालको पुरानो खाद्य सुरक्षा ऐन संसोधन भएर २०८१ मा नयाँ ऐन जारी भएको छ ।

नयाँ ऐनमा भएका ब्यवस्थाको विषयमा पनि ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । नीतिगत ब्यवस्थाका विषयमा ब्यवसायीलाई जानकारी गराएर कानुनी कारबाही भोग्नुपर्ने अवस्था आउन नदिन र उपभोक्ता अधिकारप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP