गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको विकासका लागि प्राथमिकता राखेर बजेट बिनियोजन गरेको बताउनुभएको छ । नेपाली कांग्रेस बेनी नगर समितिले आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उहाँले बेनी–दरबाङ–मुना–ढोरपाटन सडक, बेनी पाखापानी सडक र गलेश्वर नेप्टेचौर सडकको स्तरउन्नतीका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरी काम गरिरहेको बताउदै जिल्लाका नेताले सिफारीस गरेका अन्य योजनाहरुलाई समेत समेटेको उहाँको भनाई छ ।

‘ढोरपाटन जाने सडकका बारेमा म यहाँ आएको बेलामा पाटीका साथीहरुले भन्नुभएको थियो, पाटी सभापती जिले पनि पटक पटक अनुरोध गरेका कारण त्यस सडकमा राम्रो बजेट हाल्यौँ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । जिल्लाका पाटीका साथीहरुले सिफारिस गरेका अधिकांश योजनाहरुलाई समावेश गरेको जस्तो लाग्छ । प्रदेशका दुई ठूला सडक मध्ये एउटा गोरखा र एउटा म्याग्दीमा हो ।’
स्वा मा. बिमला गौचनलाई सम्झदै मन्त्रीपाण्डेले भन्नुभयो, उहाँका सिफारिसका योजनाहरुलाई प्राथमिकतामा राखेर योजना छनौट गरेका थियाँै अहिले यहाँ हामी माझ हुनुहुन्न उहाँले भन्नुभयो, अहिले यहाँहरु डेलिकेशन आएर दिएका योजनाहरु सबै नभएपनि केहीलाई प्राथमिकता राखेका छौँ ।

गण्डकी प्रदेश सकारको आन्तरिक आम्दानी पनी कम भएकाले सबै योजनालाई समेन्ट नकेको उहाँको भनाई थियो । आफु म्याग्दी आउदा गरेका बाचाहरु पुरा गर्दै गएको बताउदै उहाँले आफुले गरेको बाचा मध्ये एउटा बाँकी रहेको बताउनुभयो । उहाँले बेनी दरबाङ सडक खण्डमा बेलीबृज हाल्ने कुरा अन्तिम चरणमा पुगेको बताउदै केही महिना भित्र त्यो पुल पनि बन्ने उहाँले बताउनुभयो ।
यहाँको पाटी सभापती खमबहादुर गर्बुजा जी राज्य मन्त्री हुने समयमा त्यसका लागि केन्द्र सरकारले पुल दिने गण्डकी सरकारले त्यसका लागि आवश्यक संरचना निर्माण गर्नका लागि क्याविनेटबाट बजेट व्यवास्था गरेको बताउदै पुलका लागि आवश्यक निर्णय गरेर केन्द्र सकारलाई पठाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टी सभापती एवम् अघिल्लो सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा खम्बीरले जिल्लाको विकासमा आफु राज्यमन्त्री हुने समयमा विद्युत र खानेपानीका क्षेत्रमा ठूला योजनाहरुमा बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले बृहत घोप्टेखोला खानेपानी आयोजना जस्ता ठूला आयोजनाहरु ठेक्का लगाएको बताउनुभयो । उहाँले म्याग्दीको विकासमा गण्डकी प्रदेश सरकारले अन्य योजनाहरु समेत हाल्न आग्रह गर्नुभयो ।
त्यस्तै संविधान सभा सदस्य रेशम बहादुर बानियाँले जिल्ला अन्य क्षेत्रमा ठूलो जनसंख्या बसोबास गर्ने गाउँहरु जोड्ने सडकलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका उपसभापतीद्धय हरिकृष्ण श्रेष्ठ, केबी भण्डारी, सह सचिव श्रीराम पौडेल, तरुण दल अध्यक्ष श्रीप्रसाद रोका लगायतले बोल्नुभएको थियो ।
नगर सभापती रबिन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिप्रसाद पौडेल र संचालन बिक्रम बोगटीले गर्नुभएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...
म्याग्दी । Advertisement धौलागिरी अधिकृत बिक्रेता संघको ११औँ साधारण सभा कुस्मामा सम्पन्न भएको छ । व्यापारिक एकता र भावी दिशाबारे...
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेका कर्णबहादुर (केबी) भण्डारी म्याग्देली...