Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले मतदाताको घरदैलोमा पुगेर आफ्ना प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मनोनयदर्ता लगत्तै ग्रामिण क्षेत्रमा रहेका मतदातालाई लक्षित गरी चुनावी अभियान सञ्चालन गर्नुभएका भण्डारीले बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मंगला गाउँपालिका क्षेत्रमा पहिलो चरणको घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ ।

Advertisement

“पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरी दोस्रो चरणमा सबै मतदाताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारीका बारेमा जानकारी दिनेछु,”उम्मेदवार भण्डारीले भन्नुभयो । पार्टी सभापति खमबहादुर गर्बुजाले प्रतिनिधिसभा सदस्य तथा राज्यमन्त्री हुदाँ छोटो समयमा जिल्लामा भित्रिएको बजेट तथा योजनालाई पूर्णता दिन तथा जिल्लामा थप विकास बजेट र योजनाका लागि समेत कांग्रेसको विजय आवश्यक रहेको बताउनुभयो ।

Advertisement

चुनावी अभियानको क्रममा भण्डारीले गाउँघरका समस्या, मतदाताका आवश्यकता तथा आफ्नो उम्मेदवारीका बारेमा एकल तथा सामुहिक भेटघाटमा केन्द्रित भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । “हामीले चुनावी प्रचारलाई तीव्रता दिन निर्वाचन परिचाल समिति बनाइरहेका छौ, उम्मेदवारसँगै घरदैलो अभियानमा मतदाताको सुझाव संकलन गरिरहेका छौँ” नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँले भन्नुभयो ।

संयोजक बानियाँका अनुसार उम्मेदवार भण्डारीले जिल्लाका विभिन्न गाउँ तथा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै त्यहाँका समस्या, गुनासा र अपेक्षालाई समेटेर मतदाता लक्षित प्रतिबद्धतापत्र समेत बनाइरहनुभएको छ । मतदाता तथा ग्रामिण क्षेत्रमा रहेका शुभचिन्तकले निर्माणाधीन जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रमा धेरै तथा जिल्लाभरबाट सेयर हाल्न पाउने सुनिश्चितता गर्न समेत माग गरेका छन् ।

त्यसैगरीपूर्वाधार विकास, सुशासन र युवालाई रोजगारी दिने योजनामा ध्यान दिन समेत अनुरोध गरेको उम्मेदवार भण्डारीको भनाई छ । चुनावी अभियानमा जेनजी आन्दोलनपछि पार्टीमा देखिएको परिवर्तन, नेपाली कांग्रेस एकमत भएर सञ्चालन गरिरहेको अभियानले समेत पार्टीमा उर्जा थपिएको छ भने कांग्रेस र नयाँ मतदाताको दूरी समेत घटाएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP