२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च २८ लाखभन्दा बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख ९० हजार ५ सय ९५ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ खर्च भएको उल्लेख छ।


त्यसैगरी चालक ज्याला १ लाख ४० हजार, १३ लाख ६ हजार ६ सय १९ रुपैयाँ, ३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ रहेको निर्वाचन परिचालक समितिका चित्रबहादुर तिलिजाले बेनीअनलाइनलाई बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। यस अगाडी नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले खर्च विवरण बुझाइसक्नुभएको छ ।

Advertisement

Related News

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
  • २०८२ फाल्गुन २८, बिहीबार १५:३८

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर...

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८२ फाल्गुन २८, बिहीबार १५:३८

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८२ फाल्गुन २८, बिहीबार १५:३८

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

TOP