Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १७
November 2, 2026, Monday

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता


नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई सुनिश्चित गर्न प्राथमिकता दिने बताउनुभएको छ ।

Advertisement

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी र खिवाङमा आइतबार मतदाताहरुसँगको भेटघाटका क्रममा उमेद्वार थापाले म्याग्दीमा निर्माण सकिएका जलविद्युत आयोजनाहरुले पनि प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर लगानीका लागि गरेको ढिलाईप्रति चासो देखाएको बताउनुभयो ।

Advertisement

“जलविद्युत आयोजनाको कुल लागतको १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाले सेयर लगानी गर्न पार्ने नीतिगत ब्यवस्था भएपनि नागरिकमा जानकारी नहुँदा र विभिन्न कारणले निर्माण सम्पन्न भएका आयोजनाहरुले पनि सेयर जारी नगरेकोमा हामीले चासोका साथ हेरेका छौ,” उहाँले भन्नुभयो “प्रभावित क्षेत्र र जिल्लाबासीहरुलाई जलविद्युत आयोजनामा आफ्नो क्षमता अनुसारको लगानीको वातावरण मिलाउन पहल गर्ने मेरो प्रमुख मुद्दा हो ।”

जलविद्युत आयोजनाका प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्वको बजेटलाई स्थानीयको माग र आवश्यकता अनुसार पारदर्शी र व्यवस्थित किसिमले कार्यान्वयन गराउने बताउनुभयो । उज्यालो म्याग्दी कार्यक्रम मार्फत नेकपाका जनप्रतिनिधीहरुको अगुवाईमा खिवाङ र नेरवाङमा केन्द्रिय लाइनको विद्युत विस्तारको काम भइरहेको बताउदै उमेद्वार थापाले मुदीमा पर्ने धौलागिरि हिमाल र धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार निर्माण, प्रर्वद्धन र पर्यटन विकासमा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।

नेकपाका युवा नेता समेत रहनुभएका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले मुदी–मुना सडकको दरखोलामा परेको मोटरेबल पुल योजना लमसुङमा लगिएको भनेर फैलाइएको भ्रमको खण्डन गर्नुहुदै सो ठाउँमा जसरी पनि मोटरेबल पुल बनाएर यातायात सञ्चालनमा सहज बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाको विकासमा नेकपाको योगदान धेरै भएको र उमेद्वार पनि धवलागिरीकै भएकाले तीनै तहमा एकै पार्टीका जनप्रतिनिधी हुँदा काम गर्न अनुकुल हुने भएकाले धवलागिरीबासीले यसपटक साथ दिनुपर्ने बताउनुभयो ।

नेकपाका नेता यामन रोका र रिमप्रकाश थापाले धवलागिरी गाउँपालिकाले प्रमुख राजनीतिक दलबाट पहिलो पटक संघीय संसदको उमेद्वार पाएको अवसरलाई गुमाउन नहुने बताउनुभयो । “टाढाको आरन भन्दा नजिकको उदिन काम लाग्ने भनाईलाई मनन गर्न आग्रह गर्दछु,” उहाँहरुले भन्नुभयो “धवलागिरीबासीले पहिलो पटक संघीय सांसद जिताउने अवसर गुमाउन हुदैन् ।”
भेटघाटका क्रममा मुदी र खिवाङका बासिन्दाले सडक स्तरोन्नति, रोजगारी, गाउँमै आयआर्जन गर्ने अवसर हुने वातावरण बनाउने कानुन, नीति र बजेटमा पहुँच पु¥याउन सुझाव दिएका थिए ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP