२०८३ आश्विन १
September 17, 2026, Thursday

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ ।

Advertisement

ग्रामिण क्षेत्रका चुनावी कार्यक्रम सकेर आइतबार बेनीमा घरदैलो गर्ने क्रममा एमालेका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले पत्रकारहरुसँग स्वतन्त्र उमेद्वार महाविर पुनको चर्चा सामाजिक सञ्जालमा मात्रै रहेको टिप्पणी गर्नुभयो ।

“राजनीतिक र सांगठनिक हिसाबले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसनै भएको हाम्रो आन्तरिक सर्वेक्षणले देखाएको छ,” उहाँले भन्नुभयो “महाविरको समाजिक सञ्जालको जस्तो चर्चा फिल्डम छैन । प्रतिस्पर्धा हुने राजनीतिक दलहरुकै हो ।”

महाविरले जितका लागि आवश्यक मत ल्याउन नसक्ने तर्क गर्दै उमेद्वार श्रेष्ठले सुदृढ संगठन, सक्रिय र इमान्दार कार्यकर्तानै आफ्नो जितको आधार भएको तर्क गर्नुभयो । उमेद्वार श्रेष्ठले राष्ट्रिय स्वाधिनता, राष्ट्रियताको रक्षा, स्थिर सरकारका लागि नेकपा एमालेलाई संसदमा बहुमत आवश्यक पर्ने बताउनुभयो ।

घरदैलोका क्रममा म्याग्दीका ग्रामिण क्षेत्रका मतदाताहरुले सडक स्तरोन्नति, रोजगारी, खानेपानी, कृषि उपजको बजारीकरण, अनुकुल नीति बनाएर खानी सञ्चालनको वातावरण बनाउन अपेक्षा गरेका श्रेष्ठले बताउनुभयो ।

मतदाता भेटघाट, चुनावी सभा र घरदैलोका क्रममा मतदाताले गरेका अपेक्षा पुरा गराउन आफू प्रतिवद्ध रहेको श्रेष्ठले बताउनुभयो । कालीपुल बसपार्क क्षेत्रबाट शुरु भएको घरदैलो अभियान बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी बजारमा सोमबार पनि निरन्तरता दिने एमालेले जनाएको छ ।

घरदैलोका क्रममा एमालेका समानुपातिक उमेद्वार नरदेवी पुन, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी नगर कमिटि अध्यक्ष बेलबहादुर कटुवाल लगायतका नेताहरु सहभागी हुनुभएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP