Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार बन्नुभएका कर्णबहादुर भण्डारी (के.बी.)ले जिल्लाको विकास र नेपालको राजनीतिक संकट समाधानका लागि आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनुभएको छ ।

Advertisement

बेनीमा आइतबार घरदैलो गर्ने क्रममा पत्रकारहरुसँग प्रतिक्रिया दिदै नेपाली काँग्रेस म्याग्दीका उपसभापति समेत रहेका भण्डारीले गाउँ गाउँमा चुनावी अभियानका क्रममा मतदाताहरुबाट पाएको विश्वासले उत्साहीत भएको बताउनुभयो ।

Advertisement

“नेपालमा अहिले देखिएको राजनीतिक संकटको मोचन गर्ने शक्ति नेपाली काँग्रेस भएको जनताले बुझेर मलाई म्याग्दीका मतदाताहरुले विश्वास गर्नुहुन्छ भन्ने महशुस गरेको छु,” उहाँले भन्नुभयो “काँग्रेसका केन्द्रिय सदस्य रेशम बानिया र जिल्ला सभापति तथा निवर्तमान सांसद खम्बिर गर्बुजाले औलामा समातेर जनताको घरघरमा लगेर पार्टीलाई एकतावद्ध भएको सन्देश दिनुभएकाले जितको आधार बनेको छ ।”

म्याग्दीको समस्या, आवश्यकतालाई नजिकबाट अनुभव गरेकाले त्यसलाई नीतिगत रुपमा समाधान गर्ने आफ्नो क्षमतालाई जनताले विश्वास गर्ने भण्डारीको भनाई थियो । स्वतन्त्र उमेद्वार महाविर पुनको पनि आफूलाई आर्शिवाद भएकाले जितका लागि सहज भएको भण्डारीले बताउनुभयो ।

जलविद्युतको हब बनेको म्याग्दीमा रहेका खानीहरुलाई अनुकुल नीति बनाएर सञ्चालन गरि रोजगारी सिर्जना र औद्योगिक विकासमा जोड दिने भण्डारीले बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजा, केन्द्रिय सदस्य बानिया, उपसभापति हरिकुमार श्रेष्ठ, बरिष्ठ नेता नेत्रहादुर महत लगायत नेता कार्यकर्ताहरुले बेनी बजारमा घरदैलो गरेका थिए ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP