२०८० मंसिर २२
December 8, 2023, Friday

घनश्याम भुसालद्वारा एमाले परित्याग

काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले छाडेको घोषणा गरेका हुन्।

Advertisement

लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनावद्ध आक्रमण बढ्दै गएको उनको निष्कर्ष रहेको छ।

Advertisement

नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आफूले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा पनि उनले सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्।

‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, उनले लेखेका छन्।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ आश्विन २२, शनिबार १५:४८

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ आश्विन २२, शनिबार १५:४८

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ आश्विन २२, शनिबार १५:४८

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP