डोटी- नेपाली काँग्रेस डोटीका सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले गठबन्धनको जीत संविधानको संरक्षण र मुलुकको आर्थिक समृद्धिका लागि फलदायी हुने बताए ।
सोमवार दिपायल सिलगढी नगरपालिकाको लडागडा लगायतका ठाउँमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
प्रदेश सभा ‘क’ का उम्मेदवार सिंहले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
सभापति सिंहले ७० वर्षको नेपाली जनताको सङ्घर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।
उनले भने, ‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुत रूपमा विकासका लागि सिंहले भने।’
मंसिर ४ को निर्वाचन जीतेपछि यहाँको समग्र विकास, संविधानको रक्षा, समुदायको अधिकार स्थापित गर्ने वाचा गरे ।
आफूले पार्टीबाट ३४ वर्ष पछि टिकट पाएको स्मरण गराउँदै जनताको भावना अनुरूप काम गरेर नयाँपन दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार प्रशिस महरा,प्रदेश समानुपातिक उम्मेदवार कुमार सीँ टेलर , नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार गीता शोप नेपाली, पूर्णराज जोशी लगायत लोकतान्त्रिक वाम गठबन्धनका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...
FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...
FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...