Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

सुदूरपश्चिमम युद्धकालीन भुवा पर्वको रौनक

मोहन पनेरु/ दिपायल- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्वको रौनकता छाएको छ । हरेक वर्ष पुषको महिनामा भुवा ७ दिनभन्दा बढी समय सम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ । हातमा तरवार र ढाल लिएर सामुहिक रुपमा स्थानीय बाजागाजाको तालमाभुवा खेल्ने गरिन्छ । भुवा विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम,बाजुरा,डोटी र बझागमा मनाउने गरिन्छ । तर केही बर्ष यता देखि पहाड बाट तराई बसोबास गर्दै आएकाहरुले पनि तराईमा भुवा पर्वको मनाउन थालेका छन ।

भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरुले सेतो लुगा सहित जामा, पछाडि हात देखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो चद्धर पहिरनुपर्छ । टाउँकोमा पघरी बाँध्नुपर्छ । बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवाँ खेल खेल्ने गरिन्छ। यो खेलमा १६ वटा चालवा लय र ६३ कवच हुन्छ ।
‘पाण्डव र कौरबबीचका लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनको रुपमा यो पर्व मनाईन्छ, भुवा खेल सबैले खेल्न सक्दैनन्।’ ‘बाजा र खेल्नेको ताल मिल्नुपर्छ। यो युद्धकालीन कला हो खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ, यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास छ ।’पछिल्लो समय युवाहरुमा यो खेलप्रतिको चासो नहुँदा यसको महत्व घट्दै गएको डोटीका हिक्मत भण्डारीले बताए ।

भुवाखेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ । पहिले राजा र रजौटाहरुले आफ्ना भाई भारदार लगाएत जनताहरुलाई आत्मरक्षाको लागी खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनका लागि भुवा खेलाउने गरेको बुढापाकाहरुको भनाई छ ।
भुवा पर्वमा विशेष गरी विभिन्न धार्मिक आस्थाहरु समेटिएका मागलहरु गाउनका साथै, जीवन चक्रसँग तथा माया प्रेम र पेसासँग सम्बन्धित विभिन्न मागलहरु गाँउदै मनाउने र उक्त मागलको आफ्नै मौलिकता हुने ज्योतिष हरिभक्त जोशी बताउँछन् ।
आफ्नो छुट्टै मौलिकता रहेको भुवा पर्व संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा रहेको स्थानिय प्रेम शाहले गुनासो गरे । शाह भन्छन्, ‘पहिला पहिला गाँउ भरिका सबै एकै ठाँउमा जम्मा हुन्थ्यौँ । दुःख सुख साँटासाँट गरिन्थ्यो । गाँउमा गर्नुपर्ने महत्वपूर्ण निर्णय पनि सबै भेला भएको अवसरमा गरिन्थ्यो ।’
उनले थप भने, ‘संस्कृति झल्किने लाखे नाच प्रस्तुत गरिन्थ्यो । तर, अहिले विस्तारै आधुनिकता भित्रिन थालेपछि अहिलेका युवाहरुले यसप्रति व्यवास्ता गरेकाले यो भुवा पर्व लोप हुने अवस्थामा पुगेको छ ।’ अब अहिले विस्तार सबैले यसलाई भुल्दै गए । कुनै दिनमा इतिहासमा मात्र सीमित होलाकी भन्ने चिन्ता लागेको छ, शाहले भने ।
पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP