दिपायल- केआईसिंह गाउँपालिका–४ वायलकी गौरी खड्काका ३ वर्षीय छोरा हुनुहुन्छ । दैनिक घरको कामकाजसँगै मेलपात धाउनु पर्ने उहाँको वाध्यता छ । छोराको हेरचाहसँगै मेलापात गर्न उहाँलाई निकै कठिन हुने गरेको थियो । “गत वर्ष छोरा दुई वर्षको हुँदा घरको कोठामा थुनेर मेलापात जानु पर्ने बाध्यता थियो,“उहाँले भन्नु भयो,“आफु मेलपातमा हुँदा छोराकै पीरले सताइरहन्थ्यो, व्यस्तताका कारण समयमा खानाखाजा खुवान समय पनि हुन्थेँन, अबेर घर फर्किदा छोराको अवस्था निकै दर्दनाक हुन्थ्यो ।”
सोही वडाको गरणीगाउँकी गोमा भट्टका तीन सन्तान छन् । उहाँले पनि मेलापातसँगै शिशु स्याहार गर्नु प¥यो । हामीले त ६ महिनाको बालक ढालोमा छाडेर मेलपात गरेउँ,“उहाँले भन्नु भयो,“मेलापात गर्न जाँदा शिशुहरुको खुट्टा खाटमा बाँधेर पनि जाँन्थ्यौं । घर फर्किदा बच्चाहरु रोएर माटो, दिसापिसाबमा लतपतिएको अवस्थामा भेट्थ्यौं । बच्चा हुर्काउन निकै कठिन थियो ।”
घरायसी काम मेलापातसँगै सन्तान हुर्काउन आमाहरुलाई गठिन त थियो नै शिशुको स्वास्थ्य जोखिम पनि उत्तिकै थियो । पछिल्लो समय गाउँमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना भए पछि गौरी, गोमालगायत गाउँका आमाहरु ढुक्कसँग मेलापात जाने गर्नु हुन्छ । केआइसिंह गाउँपालिका र सम विकार केन्द्रको परिवर्तन परियोजनाले बैशाख देखि गाउँमा स्थापना गरेको स्याहार केन्द्रमा पाँच वर्ष मुनिका बालबालिकाहरु राखेर आमाहरु ढुक्कसँग आफ्नो काममा लाग्न थाल्नु भएको छ । स्याहार केन्द्रमा बच्चाहरुको हेरचाहसँगै कक्षा सञ्चालन गर्न गाउँपालिकाले दुई जना आमा शिक्षिकाको व्यवस्था गरेको छ । गाउँका ३१ जना आमाहरुले आफ्ना बच्चाहरु विहान ११ बजे देखि साँझ ५ बजेसम्म स्याहार केन्द्रमा राखेर काममा जानु हुन्छ । स्याहार केन्द्रमा शिशुहरुका लागि खाजाको व्यवस्था समेत गरिएको ।
स्याहार केन्द्रमा शिशुहरुको सरसफाइ देखि अक्षर पढ्न सिकाउने, खेल खेलाउने र व्यवहारिक ज्ञान समेत सिकाउने गरेको आमा शिक्षिका ललिता कुमारी बमले बताउनु भयो । शिशुहरुका लागि खाजा, पानी तथा सुत्ने व्यवस्था समेत मिलाइएको उहाँले बताउनु भयो । “घरमा शिशुहरु छाडेर दिनभर काममा जाने आमाहरुलाई आफ्नो बालबालिकाको निकै पीर लाग्ने गथ्र्यो,“उहाँले भन्नु भयो,“घर फर्किदा कोही बच्चाहरु घाइते अवस्थामा भेटिनु हुन्थ्यो, कतिपय विरामी पर्नु हुन्थ्यो, बच्चाहरुले समयमा खानाखाजा पनि पाउनु हुन्थेन । स्याहार केन्द्रमा सबै सुविधा भए पछि गाउँरिका आमाहरुको कामको बोझ र शिशुको चिन्ता घटेको छ भने बालबालिकाहरु सुरक्षित हुनुभएको छ ।”
कामबाट घर पुग्दासम्म छोरो कस्तो अवस्थामा होला भन्ने पीरले सताइ रहन्थ्यो,“स्थानीय लक्ष्मी भट्टले भन्नु भयो,“घरमा बच्चा राख्दा जोखिमै जोखिम हुन्थ्यो । अहिले स्याहार केन्द्रमा राखेदेखि चिन्ता पनि हटेको छ । बच्चाको स्वास्थ्यमा पनि सुधार भएको छ । अलिअलि अक्षर चिन्ने भएको छ ।”
केआइसिंह गाउँपालिकाकै वडा नं. ७ मा पनि शिशु स्याहार केन्द्र स्थापना भएको छ । जहाँ वर्षेनी २० देखि ३५ जना शिशुहरु भर्ना हुने गरेका छन् । स्याहार केन्द्रमा राखिएका बालबालिकाहरुको विद्यालय उमेर भएसँगै विद्यालयमा भर्ना गर्ने गरिएको छ । स्याहार केन्द्रहुँदै विद्यालय भर्ना भएका बालबालिकाहरु सरसफाइ र पढाइमा राम्राहुनुकासाथै उहाँहरुमा पढ्ने बानिको विकास भएको विद्यालय शिक्षकहरु बताउनु हुन्छ । समविकास केन्द्रले स्थानीय सरकारसँगको सहकार्यमा विभिन्न पालिकाका ५ वटा गाउँमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गरेको कार्यक्रम अधिकृत नरेन्द्र बिकले बताउनु भयो ।
शिशु स्याहार केन्द्र सामुदायका महिला र बालबालिकाहरुका लागि प्रभावकारी भएका कारण पालिकाका अन्य गाउँमा पनि विस्तार गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताउनु भयो । विशेष गरी गाउँका महिलाहरु बर्खाको समयमा, रोपाइँ लगायत खेतबारीको समयमा काममा बढी खट्नुहुन्छ,“उहाँले भन्नु भयो,“शिशुमात्रै स्याहार गरेर जिपिकोपार्जन गर्न सकिदैन । शिशु स्याहार केन्द्रले शिशु र आमालाई ठुलो मदत पुगेको छ । स्याहार केन्द्रमा निःशुल्क शिशु राखेर गाउँका आमाहरु ढुक्कसँग दैनिकी चलाउन थाल्नु भएको छ, त्यसैले पनि स्याहर केन्द्र अन्य गाउँमा पनि विस्तार गर्न आवश्यक देखेका छौं ।”
खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने...
सुरेन गुरुङ म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग...
म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुलाई बिजया दशमी तथा दिपावलीको अवसरमा बेनी आवासीय माविले खेलकुद सामाग्री सहयोग गरेको छ । आन्तरिक खेलकुद...