२०७९ चैत्र १५
March 29, 2023, Wednesday

कञ्चनपुरका स्थानीयको बाध्यता : परिवार पाल्न बगरमै बास

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउछिन्। दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो। नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनी वर्षभरिको जोहो गर्छिन्।

Advertisement

‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु यहाँ आउन थालेको आठ वर्ष भयो’, उनले भनिन,’भारत गएर काम गर्न सकेनौँ, यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ।’ उनले महाकाली नदीको नदीजन्य पर्दाथ नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत बनेको बताइन्।

Advertisement

‘यही गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौँ, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो’, उनले भनिन, ‘नौ महिना हामी यही बगरमै बसेर काम गर्छौँ।’ उनीजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन्।

महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन्। भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहाले पनि परिवारको जोहो गर्न बगरमा सङ्घर्ष गर्नुपरेको छ।

परिवारको खर्च जुटाउनका लागि आफूहरूसँग यसको विकल्प नभएको उनले सुनाए। “हाम्रो जातिको सुन छान्ने परम्परागत पेसा भए पनि अहिले हामी नदी किनारमा गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौँ’, उनले भने, ‘यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन।’

उनले आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न हरेक दिन महाकाली नदीको बगरमा आउने गरेको बताए। उनले परिवारका सबै मिलेर मासिक रु २५ हजारसम्म कमाउने गरेको बताए। ‘चामल किन्नेदेखि छोराछोरीको स्कुलको शुल्कसमेत यही कमाइले व्यर्होनुपर्छ’, उनले भने, ‘दिनभर बगरमा काम नगरे साँझ– बिहान घरमा चुल्हो बाल्न मुस्किल पर्छ।’

पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्केका अशोक सोनाह पनि बगरमै गिट्टी, बालुवा छान्न व्यस्त छन्। ‘हाम्रो तीन पुस्ताले बगरमै गिट्टी, बालुवा छानेर परिवारको जोहो गरेको छ’, उनले भने, ‘सरकारले हाम्रा लागि सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो।’

अहिले महाकालीमा नदीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुने गरेको छ। महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दा बढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेका छन्।

अधिकांश परिवारसहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन्। लामो समयदेखि यहाँका स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी छानेर जीविकोपार्जन गर्ने नागरिक धेरै छन्। यहाँका विपन्न समुदायका लागि महाकाली नदी आयआर्जनको मुख्य स्रोत बनेको छ।

रासस

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ पुष १०, आईतवार ०८:३०

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ पुष १०, आईतवार ०८:३०

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ पुष १०, आईतवार ०८:३०

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP