२०८३ भाद्र २
August 18, 2026, Tuesday

एमाले र माओवादीका प्रदेश इन्चार्जबीच भेट, के-के भयो कुराकानी ?

कैलाली- एमाले र माओवादीका सुदूरपश्चिमका इन्चार्जबीच भेटवार्ता भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच भेटवार्ता भएको हो।

Advertisement

बुधबार बिहान काठमाडौंस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार उनीहरुबीच पछिल्लो परिवर्तित राजनैतिक अवस्था र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा छ्लफल भएको भएको छ। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व लिने कसरतमा छ।

काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्। उनले लेखराजलाई भेटेर नै आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेको बताइएको छ। केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण भएपछि प्रदेशको राजनीति पनि परिवर्तन भएको छ।

त्यसो हुँदा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले सरकार बनाउने निश्चित छ। सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ। अहिले यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP