२०८३ आश्विन १
September 17, 2026, Thursday

सामुदायिक बनमा पदमार्ग, अग्नीरेखाको काम पनि गर्ने

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक बनमा पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–७ को योजना अन्तरगत सामुदायिक बनभित्र रहेको बनभोजस्थलदेखि हुलाकचोकसम्म करिब १७० मिटर पदमार्ग निर्माण गरिएको हो ।

Advertisement

बनभित्र रहेको पूरानो पैदलमार्गलाई ब्यवस्थित गर्न वडाको ५ लाख र जनश्रमदान ५५ हजार गरि कुल ५ लाख ५५ हजारको बजेटमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले बताए ।

पदमार्गले विहान बेलुकी घुम्न निस्कनेलाई,बनभोजस्थलमा जाने र बराहपाखो क्षेत्रमा रहेको बेनी खानेपानीको ट्यांकी, पूरानो खानेपानीको मुल मर्मतका लागि समेत पदमार्ग बनेपछि सहज भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले पुराना पदमार्गलाई मर्मतसम्भार रनयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको बताए । सामुदायिक बनभित्र करिब १ किलोमिटर पदमार्गको सञ्जाल बनाउने बताए ।

पदमार्गले अग्नीरेखाको पनि उपयोग हुनेगरि पक्की ढलान सहितको पदमार्ग बनेको छ । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न समेत पदमार्गले अग्नीरेखाको काम गर्ने गरेको छ । बराहपाखो साामुदायिक बनमा बाक्लो मात्रामा सल्ला रहेकाले आगो छिटो फैलिन सक्ने खतरालाई समेत पदमार्गले न्यूनिकरण गर्नेछ ।

बराहपाखो सामुदायिक बनको माथिल्लो क्षेत्रमा वडा नं ८ बाट साइकल लेन ल्याउने र तल्लो क्षेत्रमा पदमार्ग बनाउने बाहेक अन्य संरचनाहरूलाई प्राथमिकता नदिइएको वडा कार्यालयले जनाएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP