म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो ।
नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ रहन समेत सहयोग पु¥याउने उहाँको भनाई थियो । कला संस्कृतिको संरक्षण स्वरुप नगरपालिकाले संचालन गरेको परम्परागत लोकबाजा मादल बजाउने तालिममा सक्रियता पूर्वक सिप सिक्न सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले महिलाहरुलाई गाउँघरमा हुने रत्यौली, भजनकृतन लगायतमा मादल बजाउन सक्ने क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले महिलाहरुमा मादल बजाउन सिक्ने तिव्र इच्छा भएको र तालिम संचालनका लागि माग आएकाले नगरपालिका भित्रका महिला दिदीवहिनीहरुलाई लक्षित गरेर तालिम संचालन गरिएको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत अधिकृत सातौँ अर्जुन सुवेदी र संचालन महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष चक्र केसी, कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ र वविता सापकोटाको पनि उपस्थिति रहेको थियो ।
तालिममा बेनी नगरपालिका भित्रका आमा समुह तथा महिलाले नेतृत्व गरेका संघ÷संस्थाहरुबाट गरि ६० जना सहभागी भएका छन । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ । सहभागीहरुलाई २० जनाका दरले तीन समुहमा विभाजन गरेर तालिम संचालन गरिने प्रशिक्षक पुनले बताउनुभयो ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...