२०८२ बैशाख १०
April 23, 2025, Wednesday

बेनीमा मादल बजाउने तालिम सुरु

म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो ।

Advertisement

नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ रहन समेत सहयोग पु¥याउने उहाँको भनाई थियो । कला संस्कृतिको संरक्षण स्वरुप नगरपालिकाले संचालन गरेको परम्परागत लोकबाजा मादल बजाउने तालिममा सक्रियता पूर्वक सिप सिक्न सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो ।

Advertisement

कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले महिलाहरुलाई गाउँघरमा हुने रत्यौली, भजनकृतन लगायतमा मादल बजाउन सक्ने क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले महिलाहरुमा मादल बजाउन सिक्ने तिव्र इच्छा भएको र तालिम संचालनका लागि माग आएकाले नगरपालिका भित्रका महिला दिदीवहिनीहरुलाई लक्षित गरेर तालिम संचालन गरिएको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत अधिकृत सातौँ अर्जुन सुवेदी र संचालन महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष चक्र केसी, कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ र वविता सापकोटाको पनि उपस्थिति रहेको थियो ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समुह तथा महिलाले नेतृत्व गरेका संघ÷संस्थाहरुबाट गरि ६० जना सहभागी भएका छन । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ । सहभागीहरुलाई २० जनाका दरले तीन समुहमा विभाजन गरेर तालिम संचालन गरिने प्रशिक्षक पुनले बताउनुभयो ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ जेष्ठ २, बुधबार ०२:२६

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ जेष्ठ २, बुधबार ०२:२६

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ जेष्ठ २, बुधबार ०२:२६

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP