मकवानपुर – हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको बस तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...