मकवानपुर – हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको बस तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...