
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाको ४ सिट पाएको हो।
कैलाली क्षेत्र नम्बर २ बाट भगतबहादुर बडुवालको टिकट पएका छन्। कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरीमध्ये एक जनाले पाउने गरी टुंगो लागेको छ। बैतडीका उम्मेदवारको टुंगो लागेको छैन भने कञ्चनपुर १ मा विना मगरले टिकट पाएकी छिन्।
प्रदेशसभा अन्तर्गत बाजुराबाट कर्णबहादुर विक, बझाङ ‘ख’ मा भीम भण्डारी, दार्चुला ‘ख’ मा मानबहादुर धामी र डडेलधुरा ‘क’ मा खगराज भट्टको टिकट टुंगो लागेको छ। त्यस्तै कैलाली ५ को ‘क’ मा रमेश धामीले टिकट पाउने भएका हुन्। कञ्चनपुरको २ ‘क’ मा टेकेन्द्र भट्टले पनि टिकट पाउने सुनिश्चित भएको छ।
त्यस्तै अछाम १ ‘ख’ र अछाम २ ‘क’ को उम्मेदवार टुंगो लागेको छैन्। डोटीको टुंगिएको छैन। कैलाली ३ को ‘ख’ मा नन्दबहादुर साउदको सम्भावना छ। कञ्चनपुर १ ‘क’ मा कांग्रेसको दाबी रहेकाले उम्मेदवार टुंगिएको छैन्। कैलाली ३ को ‘क’ र ‘ख’ मा माओवादीको दाबी छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...