२०८२ असार १
June 15, 2025, Sunday

माओवादीले टुंग्यायो सुदूरपश्चिममा प्रतिनिधि सभाका उम्मेदवार

 माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाको ४ सिट पाएको हो।

Advertisement

कैलाली क्षेत्र नम्बर २ बाट भगतबहादुर बडुवालको टिकट पएका छन्। कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरीमध्ये एक जनाले पाउने गरी टुंगो लागेको छ। बैतडीका उम्मेदवारको टुंगो लागेको छैन भने कञ्चनपुर १ मा विना मगरले टिकट पाएकी छिन्।

Advertisement

प्रदेशसभा अन्तर्गत बाजुराबाट कर्णबहादुर विक, बझाङ ‘ख’ मा भीम भण्डारी, दार्चुला ‘ख’ मा मानबहादुर धामी र डडेलधुरा ‘क’ मा खगराज भट्टको टिकट टुंगो लागेको छ। त्यस्तै कैलाली ५ को ‘क’ मा रमेश धामीले टिकट पाउने भएका हुन्। कञ्चनपुरको २ ‘क’ मा टेकेन्द्र भट्टले पनि टिकट पाउने सुनिश्चित भएको छ।

त्यस्तै अछाम १ ‘ख’ र अछाम २ ‘क’ को उम्मेदवार टुंगो लागेको छैन्। डोटीको टुंगिएको छैन। कैलाली ३ को ‘ख’ मा नन्दबहादुर साउदको सम्भावना छ। कञ्चनपुर १ ‘क’ मा कांग्रेसको दाबी रहेकाले उम्मेदवार टुंगिएको छैन्। कैलाली ३ को ‘क’ र ‘ख’ मा माओवादीको दाबी छ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ आश्विन २२, शनिबार १८:१५

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ आश्विन २२, शनिबार १८:१५

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ आश्विन २२, शनिबार १८:१५

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP