Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

कैलाली-४ मा बलायर ढुक्क,लेखराजलाई कठिन

दिपायल- वीरबहादुर बलायर यसपटक डोटीबाट निर्वाचन लड्न कैलाली झरेका छन् । कैलाली–४ मा उनको भेट माओवादी छाडेर एमालेमा लागेका लेखराज भट्टसँग भएको छ । बलायर कांग्रेसको सुदूरमपश्चिम सभापति हुन् भने भट्ट एमालेको सुदूरमपश्चिम इञ्चार्ज । मंसिर ४ मा हुने निर्वाचनमा यी दुई ‘हेभिवेट’ को भिडन्त रोचक हुने भएको छ ।

Advertisement

डोटी एकीकृत समाजवादीका प्रेम आलेलाई छाडेर कैलाली झरेका बलायर स्थानीय निर्वाचनको मतपरिणामले उत्साहित छन् । सत्ता गठबन्धनविरुद्ध एक्लै उत्रिएको एमालेलाई साख जोगाउने चुनौती छ । किनभने कैलालीबाट भट्टले ३ वटा संसदीय निर्वाचन लडेका छन् ।

Advertisement

२०६४ सालको संविधानसभामा उनी माओवादीबाट निर्वाचित भएका थिए । ०७४ मा वामगठबन्धनका साझा उम्मेदवार बनेर भट्ट निर्वाचित भए । उनी २०७० सालमा भने कांग्रेसका दीर्घराज भाटसँग पराजित भए । यसपटक गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रिएकाले उनलाई यसपटक संसदको ढोकासम्म बुग्ने बाटो निकै कठीन बनेको छ ।

उता २०७४ सालमा डोटीमा वाम गठबन्धनका आलेसँग झिनो मतले राजित भएका बलायर कैलाली–४ मा जित निकाल्नेमा विश्वस्त छन् । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा डोटी–१ मा एमालेका हर्कबहादुर सिंहसँग पराजित भए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने विजयी भए ।

यसपटक भट्टलाई हराएर संसद यात्रा तय गर्ने योजनामा छन् । एमालेबाट पहिलो पटक निर्वाचन लड्न लागेका भट्टलाई आफ्नो प्रतिष्ठा बचाउन पनि जित्नैपर्ने चुनौति छ । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्ने हो भने गठबन्धनको जित सहज छ । यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिकाका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको १ गरी कूल ३० वडा छन् ।

स्थानीय निर्वाचनमा त्यसमध्ये कांग्रेसले १५ वडा जितेको छ । माओवादी ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ ।

त्यसैले पनि भट्टलाई जित निकाल्न कठीन देखिन्छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP