२०८२ बैशाख ५
April 18, 2025, Friday

कैलाली-४ मा बलायर ढुक्क,लेखराजलाई कठिन

दिपायल- वीरबहादुर बलायर यसपटक डोटीबाट निर्वाचन लड्न कैलाली झरेका छन् । कैलाली–४ मा उनको भेट माओवादी छाडेर एमालेमा लागेका लेखराज भट्टसँग भएको छ । बलायर कांग्रेसको सुदूरमपश्चिम सभापति हुन् भने भट्ट एमालेको सुदूरमपश्चिम इञ्चार्ज । मंसिर ४ मा हुने निर्वाचनमा यी दुई ‘हेभिवेट’ को भिडन्त रोचक हुने भएको छ ।

Advertisement

डोटी एकीकृत समाजवादीका प्रेम आलेलाई छाडेर कैलाली झरेका बलायर स्थानीय निर्वाचनको मतपरिणामले उत्साहित छन् । सत्ता गठबन्धनविरुद्ध एक्लै उत्रिएको एमालेलाई साख जोगाउने चुनौती छ । किनभने कैलालीबाट भट्टले ३ वटा संसदीय निर्वाचन लडेका छन् ।

Advertisement

२०६४ सालको संविधानसभामा उनी माओवादीबाट निर्वाचित भएका थिए । ०७४ मा वामगठबन्धनका साझा उम्मेदवार बनेर भट्ट निर्वाचित भए । उनी २०७० सालमा भने कांग्रेसका दीर्घराज भाटसँग पराजित भए । यसपटक गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रिएकाले उनलाई यसपटक संसदको ढोकासम्म बुग्ने बाटो निकै कठीन बनेको छ ।

उता २०७४ सालमा डोटीमा वाम गठबन्धनका आलेसँग झिनो मतले राजित भएका बलायर कैलाली–४ मा जित निकाल्नेमा विश्वस्त छन् । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा डोटी–१ मा एमालेका हर्कबहादुर सिंहसँग पराजित भए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने विजयी भए ।

यसपटक भट्टलाई हराएर संसद यात्रा तय गर्ने योजनामा छन् । एमालेबाट पहिलो पटक निर्वाचन लड्न लागेका भट्टलाई आफ्नो प्रतिष्ठा बचाउन पनि जित्नैपर्ने चुनौति छ । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्ने हो भने गठबन्धनको जित सहज छ । यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिकाका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको १ गरी कूल ३० वडा छन् ।

स्थानीय निर्वाचनमा त्यसमध्ये कांग्रेसले १५ वडा जितेको छ । माओवादी ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ ।

त्यसैले पनि भट्टलाई जित निकाल्न कठीन देखिन्छ ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०७९ आश्विन २७, बिहीबार १९:१९

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०७९ आश्विन २७, बिहीबार १९:१९

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०७९ आश्विन २७, बिहीबार १९:१९

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP