
काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ।
आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् धाँधलीरहित बनाउने सन्दर्भमा आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ।
नेपाल सरकार, प्रदेश, स्थानीय तह, अर्धसरकारी तथा सरकारी संस्था अन्तर्गत निकायमा कार्यरत कर्मचारीले आचारसंहिता विपरीत काम कारबाही गरेको अवस्थामा सो को जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति लगायत सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय भएको आयोगको भनाइ छ।
आयोगले कुनै पनि कर्मचरीले राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा प्रचारप्रसार वा संलग्न हुने, सामाजिक सञ्जालमा मत माग्ने, पोष्ट एवम् शेयर गर्ने लागयतका गतिविधि आचारसंहिता विपरीत भएकोले सचेत गराउदै आएको छ।
उपरोक्त निर्णय भए बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबी गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न आयोगको सचिवालयलाई निर्देशन दिइएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



